नेभिगेशन
सबै कुरा

रिगलकाे कैद मिनाहा विरूद्ध भारतीले फेरी सुरु गरिन् अनसन

काठमाडौं । श्रीमानको हत्या गरेको कसुरमा थुनामा रहेका योगराज ढकाल रिगलले राष्ट्रपतिबाट कैद मिनाहा पाएपछी आन्दोलनरत भारती मानन्धरले पुन माइतीघरमा अनुसन सुरु गरेकी छिन् । उनि रिगलले हत्या गरेका चेतना मानन्धरकी श्रीमती हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Extreme Energy

नेपालगन्जमा खुडा प्रहार गरी चेतनको हत्या गरेको कसुरमा अदालतले रिगललाई जन्मकैदको सजाय सुनाएको थियो ।

तर संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा दिएपछी उनि ८ वर्षमै रिहा भएका थिए ।रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी उनी सोही निर्णयविरुद्ध अनशन बसेकी हुन्।

भारतीले सर्वोच्च अदालतमा दायर गरेका रिट निवेदनको सुनुवाइका लागि कात्तिक १४ मा पेसि तोकिएको छ। 

यसअघि गएको असोज २५ गते उक्त मुद्दामा सर्वोच्च अदालतको पुर्ण इजलासले ‘हेर्न नमिल्ने’ आदेश दिएको थियो। 

यस्तै प्रकृतिको मुद्दामा गरिएका फैसलाहरू नजीरको रुपमा रहेको भन्दै प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा.आनन्द मोहन भट्टराई र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश गरेका थिए। सर्वोच्च अदालतले मुलुकी संहिता आउनुभन्दा अघिका घटनामा कैदीहरूले ४० प्रतिशत कैद भुक्तान गरेपछि ६० प्रतिशतसम्म कैद छुट पाउने भनी व्याख्या गरेको थियो। कारागार प्रशासनले सोही नजिरका आधारमा रिगललाई रिहा गरिएको दाबी गरेको छ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...

भर्खरै