नेभिगेशन
सबै कुरा

अवैध निकासी, पैठारी नियन्त्रणका लागि नेपाल–भारत सिमा नाका कडाइ गरिने

वीरगञ्ज : नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासी र पैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध निकासी र पैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागुऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपाराधिक घटना हुन नदिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिए। 

Ncell
Extreme Energy

यस्तै बैठकमा सिमानाकाबाट हुने अवैध वन्यजन्तुको चोरी सिकारी तथा तस्करीलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीबीच समझदारी भएको प्रजिअ रेग्मीले बताए । भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई मध्यनजर गरी सिमाक्षेत्रको सुरक्षा प्रबन्धलाई चुस्तदुरुस्त बनाउने र दुवै मुलुकका सुरक्षा अधिकारीबीच सहकार्य गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय भएको प्रजिअ रेग्मीको भनाइ छ । बैठकमा नेपालतर्फबाट पर्साका प्रजिअ रेग्मी र बिहारको पूर्वी चम्पारणका डिएम सौरभ जरुवालले नेतृत्व गरेका थिए ।

दसैँमा २२ दुर्घटना हुँदा दुईको मृत्यु, ३८ घाइते 

पर्सा जिल्लामा विजयादशमी अवधिमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । यही कात्तिक ४ गतेदेखि कात्तिक ७ गते विजयादशमीको चार दिनको अवधिमा भएको सवारी दुर्घटनामा सो सङ्ख्यामा मानवीय क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए। 

सो अवधिमा पर्सा जिल्लामा २३ वटा मोटरसाइकल, सात वटा कार र जीप, दुई वटा ट्रक र दुई वटा साइकल तथा तीन वटा अटो रिक्सा दुर्घटना भएको प्रहरी निरीक्षक खतिवडाले बताए। उनका अनुसार सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गरी चलाएको तीन सय ६२ सवारीसाधनमा कारबाही गरी जरिवानाबापत रु तीन लाख ५७ हजार राजस्व सङ्कलन भएको छ ।   

लागुऔषधसहित युवक पक्राउ 

ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित पर्सा प्रहरीले पोखराका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–६ निवासी ४० वर्षीय रवीन्द्र केसी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको ग १ ख ९६२६ नं को सार्वजनिक यात्रुबाहक बसलाई वीरगञ्ज महानगरपालिका २१ परवानीपुरमा जाँच गर्ने क्रममा केसीले बसको चालक बस्ने सिटमुनी सेतो झोलामा कालो प्लास्टिकको झोलाभित्र पत्रिकामा सेतो टेपले बेरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद् भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

पक्राउ परेकाको साथबाट फेनारगन ३०० एम्पुल, डाईजेपाम–३०० एम्पुल र आइपीपीएल नुरफिन ३०० एम्पुल गरी ९०० एम्पुल लागुऔषध बरामद् भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।