नेभिगेशन
सबै कुरा

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन नेपाललाई गुटेरेसको तीन सुझाव

काठमाडाैँ : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भएको भेटघाटका क्रममा संक्रमणकालीन न्याय प्रक्रियालाई टुंग्याउन नेपालले विभिन्न विषयमा ध्यान दिनुपर्ने भन्दै ३ सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरूपूरा गर्न साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन सुझाव दिएका हुन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन आफू रु राष्ट्रसंघ सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

उता प्रधानमन्त्री  प्रचण्डले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगे पनि टुंगिन बाँकी रहेको विषयमा  राष्ट्रसंघका महासचिवसँग कुराकानी भएको बताए । 

‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र महासचिवको महत्वपूर्ण भूमिका हुने कुरा पनि गरिएको छ, नेपालको आर्थिक विकास र  समृद्धिलगायतका विषयमा पनि कुरा भएको छ।’ प्रधानमन्त्री  प्रचण्डले भने । 

यस अघि महासचिव गुटरेसले आइतबार नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् । आइतबार राति नेपाल आएका गुटरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...