नेभिगेशन
सबै कुरा

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन नेपाललाई गुटेरेसको तीन सुझाव

काठमाडाैँ : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भएको भेटघाटका क्रममा संक्रमणकालीन न्याय प्रक्रियालाई टुंग्याउन नेपालले विभिन्न विषयमा ध्यान दिनुपर्ने भन्दै ३ सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरूपूरा गर्न साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन सुझाव दिएका हुन् । 

Extreme Energy

त्यस्तै उनले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन आफू रु राष्ट्रसंघ सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

उता प्रधानमन्त्री  प्रचण्डले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगे पनि टुंगिन बाँकी रहेको विषयमा  राष्ट्रसंघका महासचिवसँग कुराकानी भएको बताए । 

‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र महासचिवको महत्वपूर्ण भूमिका हुने कुरा पनि गरिएको छ, नेपालको आर्थिक विकास र  समृद्धिलगायतका विषयमा पनि कुरा भएको छ।’ प्रधानमन्त्री  प्रचण्डले भने । 

यस अघि महासचिव गुटरेसले आइतबार नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् । आइतबार राति नेपाल आएका गुटरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन् ।
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...

भर्खरै