नेभिगेशन
सबै कुरा

ग्वार्को फ्लाइओभरको काम समयमै सम्पन्न हुने छाँट नदेखिएको पूर्वाधार विकास समितिको निष्कर्ष

ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिले असन्तुष्टि जनाएको छ । ठेक्का सम्झौता भएको लामो समयहुँदा पनि निर्माण कार्यले गति लिन नसकेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले असन्तुष्टि व्यक्त गरेको हो । सोमबार ग्वार्को फ्लाइओभर निर्माणको स्थलगत अवलोकन गर्दै समितिले कामको गति ढिला भएको समेत जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समिति सभापति दिपक बहादुर सिंहले फ्लाइओभर निर्माण कार्य हेर्दा समयमा नै सम्पन्न हुने नदेखिएको बताए । उनले समयमा नै आयोजना सम्पन्न गर्न सिफ्ट बढाएर काम गर्नुपर्ने सुझाएका छन् । 

Extreme Energy

सभापति सिंहले कोटेश्वर–सातदोबाटो–कलंकी सडक खण्ड भई ओहोरदोहोर गर्ने यात्रुले दैनिक सास्ती बेहार्नुपरेको र घण्टौं ट्राफिक जाम हुँदा समयमै गन्तव्यमा पुग्न समस्या देखिएकाले सरकार र सम्बन्धी ठेकेदारसंग छलफल गरेर आवश्यक निर्देशन दिने बताएका छन् । 

ललितपुरको बालकुमारीतर्फ ३२० मिटर र सातदोवाटोतर्फ १८५ मिटरको र्याम्प सहित ग्वार्को फ्लाइओभर निर्माण भइरहेको छ । त्यस्तै समितिले सोमबार नै कलंकी बसुन्धरा सडक विस्तार आयोजनाको पनि स्थलगत निरिक्षण गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...

भर्खरै