नेभिगेशन
सबै कुरा

ग्वार्को फ्लाइओभरको काम समयमै सम्पन्न हुने छाँट नदेखिएको पूर्वाधार विकास समितिको निष्कर्ष

ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिले असन्तुष्टि जनाएको छ । ठेक्का सम्झौता भएको लामो समयहुँदा पनि निर्माण कार्यले गति लिन नसकेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले असन्तुष्टि व्यक्त गरेको हो । सोमबार ग्वार्को फ्लाइओभर निर्माणको स्थलगत अवलोकन गर्दै समितिले कामको गति ढिला भएको समेत जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समिति सभापति दिपक बहादुर सिंहले फ्लाइओभर निर्माण कार्य हेर्दा समयमा नै सम्पन्न हुने नदेखिएको बताए । उनले समयमा नै आयोजना सम्पन्न गर्न सिफ्ट बढाएर काम गर्नुपर्ने सुझाएका छन् । 

Ncell
Extreme Energy

सभापति सिंहले कोटेश्वर–सातदोबाटो–कलंकी सडक खण्ड भई ओहोरदोहोर गर्ने यात्रुले दैनिक सास्ती बेहार्नुपरेको र घण्टौं ट्राफिक जाम हुँदा समयमै गन्तव्यमा पुग्न समस्या देखिएकाले सरकार र सम्बन्धी ठेकेदारसंग छलफल गरेर आवश्यक निर्देशन दिने बताएका छन् । 

ललितपुरको बालकुमारीतर्फ ३२० मिटर र सातदोवाटोतर्फ १८५ मिटरको र्याम्प सहित ग्वार्को फ्लाइओभर निर्माण भइरहेको छ । त्यस्तै समितिले सोमबार नै कलंकी बसुन्धरा सडक विस्तार आयोजनाको पनि स्थलगत निरिक्षण गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।