नेभिगेशन
सबै कुरा

जब गाउँपालिका अध्यक्ष नै महिलासँगै मदिरामा लठ्ठिएर 'पिउँदिन भन्दाभन्दै पिलायो साथीले' भन्दै नाचे (भिडियाेसहित)

कैलाली : जोशिपुर गाउँपालिका कैलालीका अध्यक्ष चित्रबहादुर चौधरी मध्यरातमा मदिरामा लठ्ठ भएर महिला अंगाल्दै गरेको भिडियो सार्वजनिक भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Extreme Energy

शंकर सामुदायिक वन उपभोक्ता  समुह जोशीपुर–३ बन्जरिया कैलालीले शनिबार आयोजना गरेको वार्षिक साधारणसभामा प्रमुख अतिथि बनेर पुगेका अध्यक्षले आफ्नो पदीय मर्यादा विपरित गएर नृत्य गरेका हुन्  । साधारण सभा सकिएपछि उनीहरु मदिरा पिएर नृत्य गर्न लागेका हुन् ।  

भिडियोमा उनी मदिरा सेवन गरि अनियन्त्रित भएको देखिन्छ । उनको छेउमा अन्य पुरुष साथै महिला पनि मदिराको बोतल लिएर नाचिरहेका छन् । 

नाच्ने क्रममा अध्यक्ष चौधरीले एक महिलासँग गएर अंकामाल गर्दै नाचिरहेका छन् । जुन महिलालाई अध्यक्ष चौधरीलाई नै रमाइलो गराउन भन्दै २ हजार पैसा बुझाएर कार्यक्रममा ल्याइएको खुलेको छ । ति महिलालाई सव डिभिजन वन कार्यालयका एक कर्मचारीले त्यहाँसम्म पुर्याएको खुलेको छ । 

अध्यक्ष चौधरी नागरिक उन्मुक्ति पार्टीबा तर्फबाट गाउँपालिकामा निर्वाचित भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...

भर्खरै