नेभिगेशन
सबै कुरा

जब गाउँपालिका अध्यक्ष नै महिलासँगै मदिरामा लठ्ठिएर 'पिउँदिन भन्दाभन्दै पिलायो साथीले' भन्दै नाचे (भिडियाेसहित)

कैलाली : जोशिपुर गाउँपालिका कैलालीका अध्यक्ष चित्रबहादुर चौधरी मध्यरातमा मदिरामा लठ्ठ भएर महिला अंगाल्दै गरेको भिडियो सार्वजनिक भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

CG

शंकर सामुदायिक वन उपभोक्ता  समुह जोशीपुर–३ बन्जरिया कैलालीले शनिबार आयोजना गरेको वार्षिक साधारणसभामा प्रमुख अतिथि बनेर पुगेका अध्यक्षले आफ्नो पदीय मर्यादा विपरित गएर नृत्य गरेका हुन्  । साधारण सभा सकिएपछि उनीहरु मदिरा पिएर नृत्य गर्न लागेका हुन् ।  

भिडियोमा उनी मदिरा सेवन गरि अनियन्त्रित भएको देखिन्छ । उनको छेउमा अन्य पुरुष साथै महिला पनि मदिराको बोतल लिएर नाचिरहेका छन् । 

नाच्ने क्रममा अध्यक्ष चौधरीले एक महिलासँग गएर अंकामाल गर्दै नाचिरहेका छन् । जुन महिलालाई अध्यक्ष चौधरीलाई नै रमाइलो गराउन भन्दै २ हजार पैसा बुझाएर कार्यक्रममा ल्याइएको खुलेको छ । ति महिलालाई सव डिभिजन वन कार्यालयका एक कर्मचारीले त्यहाँसम्म पुर्याएको खुलेको छ । 

अध्यक्ष चौधरी नागरिक उन्मुक्ति पार्टीबा तर्फबाट गाउँपालिकामा निर्वाचित भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ,’ वाग्लेले उजुरीमा भनेका छन्...
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...