नेभिगेशन
समाज

जागिर खोज्ने र श्रमिक खोज्नेहरुका लागि सरकारले ल्यायो ‘श्रम संसार’

काठमाडौँ । १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले  ‘श्रम संसार’ पोर्टल सञ्चालनमा ल्याएको छ । श्रम मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको  प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो”, प्रधानमन्त्री ओलीले भने, “जसबाट श्रम तथा रोजगारका सम्बद्ध विषयको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आवद्धता, रोजगारदाता संस्थाको नियमन, रोजगार सेवाको समतामूलक र पहुँचयोग्यता विस्तारमार्फत सङ्घीयताको लाभ जनस्तरसम्म पु¥याउन सहयोगी हुनेछ ।” 

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले रोजगारदाता, श्रमिक र तालिम प्रदायकबीच समन्वयकारी भूमिका निर्वाह गर्न सहयोग गर्ने र राष्ट्रिय मानव संशाधन प्रणालीको अनुगमन, मूल्याङ्कन तथा विश्लेषणको आधार निर्माण गर्ने बताए । 

“नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास हुनेछ भने र रोजगारदातालाई योग्य जनशक्तिको उपलब्धता सुनिश्चित हुनेछ”, उनले भने, “जसले राष्ट्र निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नेछ ।” प्रधानमन्त्री ओलीले श्रम, रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्ने र वैदेशिक रोजगारमा देखापरेका चुनौती नियन्त्रण गर्नुपर्नेमा जोड दिए । 

श्रम संसार पोर्टल के हो ?

यो श्रम बजारसम्बन्धी सूचना प्रणाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको आधिकारीक सूचना प्रवाह गर्ने एउटा सामाजिक सञ्जाल हो । मन्त्रालयका अनुसार श्रम संसार राष्ट्रिय श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना सहजै उपलब्ध गराउने उद्देश्यका साथ निर्माण गरिएको एक सूचना प्रणाली हो ।

यस प्रणालीमा तीनै तहका सरकार, रोजगार खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार, तथा श्रम बजारका अन्य सरोकार भएका निकायसमेत आवद्ध रहने भएकाले श्रम बजारसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सकिने छ । 

यस पोर्टल सङ्घ तथा प्रदेश सरकारको समन्वयमा हरेक स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत सञ्चालन हुनेछ । यसको प्रयोगले देशभर रहेका रोजगारीका अवसरबारे जानकारी लिई सहिजै आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ । सीपमूलक तालिमबारे जानकारी लिन तथा सजिलै आवेदन दिन सकिने र स्वरोजगारसमेतले आफ्नो सीपको विज्ञापन गर्न सक्ने यस पोर्टलको विशेषता हो ।

पोर्टलमा निःशुल्क दर्ता तथा सञ्चालन प्रक्रियाको व्यवस्था गरिएको छ । श्रम बजार सम्बन्धित नीति, नियम तथा जानकारी पोर्टलमा उपलब्ध हुनेछ । मन्त्रालयले यसको सहज पहुँचका लागि यही वैशाखभित्र ‘आइओएस’ र ‘एन्ड्रोइड’ दुवैमा उपलब्ध मोबाइल एपस्को सुरुवात गर्ने जनाएको छ ।

पोर्टल सञ्चालन, अन्तरतह समन्वय तथा निजी क्षेत्रको आवद्धता सुनिश्चित गर्न आवश्यक नीतिगत तथा संस्थागत प्रबन्ध मिलाउने विषयमा भएका आगामी योजनाका बारे पनि मन्त्रालयले जानकारी दिएको छ । यसअघि सन् २०२३ मा कोशी प्रदेशमा विकास गरी प्रारम्भिक रूपमा विराटनगर, इटहरी र दुहबी नगरपालिकामा परीक्षण गरिएको थियो । 

छोटो समया उल्लेखनीय सफलता हासिल गरेको भन्दै कोशी प्रदेशका एक सय ३७ वटै स्थानीय तह यस प्रणालीमा आवद्ध भएका थिए । देशभरका सात सय ५३ वटै स्थानीय तहलाई श्रम संसार पोर्टमा समेट्न मन्त्री भण्डारीको अग्रसरतामा प्राविधिक समितिले काम गरेको थियो । 

मन्त्रालय र स्वीसकन्ट्याक्टबीच गत मार्च १० मा सम्पन्न पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका अवसरमा ‘श्रम संसार’ प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्ने साझेदारीमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

भर्खरै