नेभिगेशन
समाज

विपद व्यवस्थापनबारे रास्वपाले सरकारलाई दिएका २२ बुँदे सुझावमा के छन् ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विपद् व्यवस्थानका लागि सरकारलाई २२ बुँदे सुझाव दिएको छ । 
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आइतबार साँझ बसेको भर्चुअल बैठकका आधारमा तयार पारिएका सुझावमा विपद् प्रतिकार्य गुरु योजना निमार्ण देखि आपतमकालीन राहत तथा पुनस्थापना कोष स्थापना लगायत रहेका छन् । 
यस्ता छन् विपद् व्यवस्थापनका लागि रास्वपाले सरकारलाई दिएका सुझावः
•    राष्ट्रिय स्तरमा Climate Adaptation and Disaster Preparedness Master Plan (2082–2092) तयार गरी, सबै क्षेत्रीय र स्थानीय योजना त्यससँग मिलान गर्ने व्यवस्था गर्न।
•    सबै ७७ जिल्लामा Disaster Risk Reduction and Management (DRRM) Center स्थापना गरी स्थानीय स्तरमै प्रारम्भिक चेतावनी, राहत, पुनर्निर्माण र जनसहभागिता प्रणाली एकीकृत गर्न।
•    प्रत्येक तहमा विपद् जोखिमको अवस्था हेरी Emergency Relief and Recovery Fund स्थापना गरी तुरुन्त प्रयोग गर्न सकिने कोष सुनिश्चित गर्न । 
•    संघीय र प्रदेश सरकारबीच Integrated Emergency Coordination Mechanism लागू गर्ने, ताकि सूचनाको प्रवाह र निर्णयमा ढिलाइ नहोस्। राजनीतिक दल, नागरिक समाज, मिडिया र निजी क्षेत्रबीच “National Resilience Partnership Forum” गठन गर्ने, ताकि संकटका बेला सबै संयन्त्र एकताबद्ध रूपमा काम गर्न सकून्।
•    राष्ट्रिय विपद् प्रतिक्रिया नीति (National Disaster Response Policy) लाई अद्यावधिक गरी जलवायु अनुकूलन र पुनःस्थापना कार्यक्रमलाई केन्द्रमा राख्न।
•    स्थानीय सरकारहरूलाई आपतकालीन कोष (Emergency Contingency Fund) को स्वतन्त्र परिचालन अधिकार प्रदान गर्ने र बजेट विनियोजनमा न्यूनतम  ३ प्रतिशत “Disaster Preparedness Budget” अनिवार्य राख्ने।
•    पहाडी र उच्च जोखिमयुक्त क्षेत्रहरूमा भूक्षय निगरानी प्रणाली (Landslide Monitoring Sensors) जडान गर्न र त्यस्ता क्षेत्रहरूमा बसोबास व्यवस्थापन पुनरावलोकन गर्न।
•    सार्वजनिक भवन (विद्यालय, स्वास्थ्य चौकी, नगरपालिका) मा भूकम्प र बाढी–प्रतिरोधी मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न तथा “Safety Audit and Structural Assessment Program” अनिवार्य गर्ने।
•    नदी तटीय क्षेत्रहरूमा River Training र प्राकृतिक बाँध मजबुतीकरणका कामहरू तत्काल सुरु गर्न।
•    प्रत्येक जिल्लामा युवा सहित विपद् व्यवस्थापन टास्क फोर्स स्थापना गरी, सुरक्षाबल, स्वास्थ्यकर्मी, इन्जिनियर, नागरिक संघसँस्था र विपद् स्वयंसेवकबीच समन्वयकारी अभ्यास नियमित गर्ने।
•    ड्रोन, स्याटेलाइट इमेजरी र GIS प्रविधि प्रयोग गरी जोखिम नक्साङ्कन (hazard mapping) र क्षति मूल्याङ्कन प्रणालीलाई आधुनिकीकरण गर्ने। जलवायु परिवर्तनका प्रभाव सम्बन्धी स्थानीय डेटा संकलनलाई Geo-mapping System मार्फत एकीकृत गर्न।
•    Community-based Early Warning Network विस्तार गरी रेडियो, मोबाइल, FM र स्थानीय सञ्चार माध्यमहरूलाई एकीकृत सूचना प्रणालीमा जोड्ने।
•    नदी तथा जलाशय व्यवस्थापन सम्बन्धी ऐन पुनरावलोकन गरी अवैध दोहन, ढुंगागिट्टी उत्खनन र अव्यवस्थित निर्माण कार्यमा कडाइका साथ नियन्त्रण गर्ने।
•    वन क्षेत्र र जलाधार संरक्षण अभियानलाई राष्ट्रिय प्राथमिकता घोषणा गरी, बाढी नियन्त्रण र भूक्षय न्यूनीकरणका लागि वृक्षारोपण कार्यक्रम तीव्र  पार्ने।
•    विपद् पीडितका लागि अस्थायी आवास अनुदान, बालबालिकाका लागि शिक्षा निरन्तरता  र मानसिक स्वास्थ्य परामर्श सेवा सुरु गर्न।
•    जलवायु बीमा (Climate Insurance) प्रणाली लागू गरी, किसान, साना व्यवसायी र जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षा दिने। विपद् पीडित किसानका लागि कृषि बीमा दाबी प्रक्रिया सरल र द्रुत बनाउन र बाली नोक्सानीको प्रत्यक्ष राहत प्रणाली विकास गर्न।
•    विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रबीच सहकार्यमा Nepal Disaster Data Center (NDDC) स्थापना गर्न।
•    नागरिक मोबाइल एप वा SMS प्रणालीबाट community alert mechanism सञ्चालन गर्न, जसले गाउँस्तरमै समयमै चेतावनी पुर्‍याउन सकोस्।
•    सार्वजनिक सूचना प्रवाह नीति (Public Disaster Communication Framework) निर्माण गरी संकट अवधिमा एकीकृत सूचनाको प्रवाह सुनिश्चित गर्ने।
•    विद्यालय तहदेखि नै जलवायु शिक्षा र विपद् तयारी विषय अनिवार्य पाठ्यक्रममा समावेश गर्न।
•    स्थानीय तहमा हरेक वर्ष “विपद् सचेतना सप्ताह” मनाउने र जनतालाई आपतकालीन व्यवहारिक सीप (जस्तै प्राथमिक उपचार, उद्धार प्रतिक्रिया) सिकाउने।
•    विपद् जोखिम न्यूनीकरणमा निजी क्षेत्रको सहभागिता बढाउन “Corporate Resilience Responsibility (CRR)” नीति लागू गर्ने।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

WhatsApp-Image-2025-10-06-at-16.16.32-1759746805.jpeg

Ncell
Extreme Energy

WhatsApp-Image-2025-10-06-at-16.16.32-(1)-1759746805.jpeg

WhatsApp-Image-2025-10-06-at-16.16.33-1759746806.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कटारीमा फार्मेसी, पोलिक्लिनिक र किराना पसलमा संयुक्त अनुगमन, म्याद गुज्रिएका औषधि जफत

कटारीमा फार्मेसी, पोलिक्लिनिक र किराना पसलमा संयुक्त अनुगमन, म्याद गुज्रिएका औषधि जफत

अनुगमनका क्रममा स्यार्ल्याक र ल्याक्टोजिन लगायत आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तु चिकित्सकको प्रिस्क्रिप्सनका आधारमा मात्र बिक्री गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ। यस्ता वस्तुको खुला प्रचारप्रसार गर्ने वा...
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक, सहकारीदेखि नापी–मालपोत र सुकुम्बासी प्रगति विवरणसम्म एकै ठाउँमा हेर्न सकिने

मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक, सहकारीदेखि नापी–मालपोत र सुकुम्बासी प्रगति विवरणसम्म एकै ठाउँमा हेर्न सकिने

ड्यासबोर्डमार्फत समस्याग्रस्त सहकारीहरूको बचत फिर्ता तथा ऋण असुली,  सुकुम्बासी लालपुर्जा वितरण, स्थानीय तहबाट नापी–मालपोत सेवा, सहकारी अनुगमन, निजामती अस्पताल सेवा प्रदेशमा विस्तार गरिएको सम्पुर्ण विवरण हेर्न सकिने व्यवस्था...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...

भर्खरै