नेभिगेशन
समाज

एमालेको झण्डा जलाउने व्यक्ति पक्राउ

काठमाडौँ । नेकपा एमालेको झण्डा जलाउने व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

बिहीबार दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा उनी पक्राउ गरि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

Marvel
Extreme Energy

बिहीबार रास्वपा सभापति लामिछानेको स्वागतका लागि आयोजित कार्यक्रमको भीडमा केही अपरिचित व्यक्तिहरूले नेकपा (एमाले) को चुनाव चिह्न अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 

निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न साथै संयमित एवं जिम्मेवार व्यवहार प्रदर्शन गर्न सम्पूर्ण सरोकारवाला पक्षलाई प्रहरीले अनुरोध समेत गरेको छ। 

WhatsApp-Image-2026-02-20-at-19.04.46-1771593858.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन शाह भारत प्रस्थान

प्रधानमन्त्री बालेन शाह भारत प्रस्थान

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका हुन्।
३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह भारत भ्रमणमा, को–को छन् टोलीमा ?

३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह भारत भ्रमणमा, को–को छन् टोलीमा ?

प्रधानमन्त्री बालेन शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीका सल्लाहकार, सरकारी उच्च अधिकारी, सुरक्षाकर्मी...
धनुषामा कटुवा पेस्तोल र गोलीसहित महिला पक्राउ

धनुषामा कटुवा पेस्तोल र गोलीसहित महिला पक्राउ

धनुषामा कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन्।