नेभिगेशन
समाज

दाङ ३ का रास्वपा उम्मेदवार कमल सुवेदीको कार्यालय तोडफोड

तुलसीपुर,दाङ । दाङ क्षेत्र नम्बर ३ का रास्वपा उम्मेदवार कमल सुवेदीको निर्वाचन क्षेत्रिय कार्यालय तोडफोड भएको छ ।

तुलसीपुरको ग लाइनमा रहेको सम्पर्क कार्यालय तोडफोड भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कार्यालय तोडफोड गरेर निर्वाचन प्रचार सामाग्री च्यातिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका कार्यकर्ताहरुले भने एमालेका कार्यकर्ताहरुले तोडफोड गरेको आरोप लगाएका छन् । रास्वपाका उम्मेदवार सुवेदीले कार्यालय तोडफोड भएको खबर पाएकाले चुनावी प्रचारबाट फर्कीएर कार्यालय जाँदै गरेको सिधाकुरालाई बताए ।

Ncell
Extreme Energy

शुक्रबार मात्रै रास्वपाले दाङ २ मा सभापति रवि लामिछानेको उपस्थितिमा चुनावी सभा गरेको थियो । विहीबार राती दाङमा एमालेको चुनाव चिन्हमा आगो लागेको घटनाले नेकपा एमालेका नेता कार्यकर्ता आक्रोशित भएका छन् ।

त्यस्तै यस अघि बिहीबार बेलुका रवि लामिछानेले कुरीरहेको रास्वपा समर्थकले सोही क्षेत्रमा एमालेको झण्डा जलाएको भन्दै एमालेले आपत्ति जनाएको थियो ।

पार्टीको झण्डा रास्वपा कार्याकर्ताले जलाएको आरोप लगाउँदै एमाले युवासँघ दाङ जिल्ला, प्रदेश र केन्द्रले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो । शुक्रबार दिउँसो रास्वपाको निर्वाचन सभा लगत्तै युवा संघ दाङले घोराहीमा विरोध र्याली निकालेको थियो ।

एमालेले झण्डा जलाएको आरोप रास्वपामाथि लगाएको छ भने रास्वपाले भने त्यसको खण्डन गरेको छ । शुक्रबारको आमसभामै रास्वपा सभापति रवि लामिछानेले कुनै पनि दलको झण्डा जलाउने व्यक्ति रास्वपामा रहन नसक्ने र त्यसलाई कारबाही गरिने बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।