नेभिगेशन
समाज

मासुभात पैसा जे दिएपनि खाइदिनुस् तर भोट घण्टीमा हाल्नुस्ः रवि लामिछाने

चितवन । रास्वपाका सभापति रवि लामिछानेले पुराना दलले मासुभात पैसा जे दिएपनि खाइदिन तर भोट घण्टीमा हाल्न मतदातासँग आग्रह गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदातासंगको भेटघाटका क्रममा उनले जनताबाट लुटेको पैसा भएकाले भासुभात दिए खाइदिँदा केही फरक नपर्ने बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सभापति लामिछानेले भने, ‘त्यो उनीहरूले लुटेको पैसा, तपाईँ हामीले तिरेको ट्याक्स हो। त्यो उनीहरूको बाउको सम्पत्ति हैन। बाउको सम्पत्ति उनीहरूको भए त उनीहरूको सम्पत्ति घट्नु पर्ने हो । बढेको छ । हाम्रै पैसा हो खाइदिनुस् । हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा हो, हाम्रो स्कुलमा राम्रो शिक्षा नदिएर लुटेको पैसा हो, खाइदिनुस् । हाम्रो बाटो, पुल, नहर नबनाएको पैसा हो, खाइदिनुस्। तर भोट चाहिँ घन्टीमा लाइदिनुस्।’

Ncell
Extreme Energy

त्यस्ते सभापति लामिछानेले पुराना दलले ३४ वर्षदेखि झुक्क्याइरहेको भन्दै यसपटक उनीहरूलाई झुक्क्याइदिन आग्रह समेत मतदातासंग गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता प्रस्तावित

विद्या भण्डारी एमाले वरिष्ठ नेता प्रस्तावित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।