नेभिगेशन
समाज

अदालतमा विचाराधीन मुद्दाको गगनले अपव्याख्या गरेः रास्वपा

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेका विषयमा नेपाली कांग्रेस सभापति गगन थापाले अदालतका आदेशलाई लिएर अपव्याख्या गरेको भन्दै रास्वपाले प्रतिकार गरेको छ । 

रास्वपाका सह प्रवक्ता प्रतिभा रावलले अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरी अभिव्यक्ति दिने छुट कसैलाई नभएको उल्लेख गर्दै कांग्रेस सभापति थापाले सबै अदालतमा दर्ता भएका अभियोगपत्रहरुको अपव्याख्या गरेको भन्दै ध्यानाकर्षण गराएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जाल मार्फत रावलले विचाराधीन मुद्दा प्रभावित पार्ने छुट गगनले कसरी पाए भन्दै प्रश्न गरेकी छिन् । 

Ncell
Extreme Energy

उनले लेखेकी छिन्,'गगन थापाले जे बोल्दा पनि हुने हो? अदालतमा विचाराधीन रहेको विषयमा मुद्दा प्रभावित हुने गरी अभिव्यक्ति दिने छुट उहाँले कसरी पाउनु भयो? आज उहाँले सार्वजनिक कार्यक्रममा सम्मानित अदालतहरूबाट भएका आदेशलाई मनपरी व्याख्या गर्नु भएको छ। सबै अदालतमा दर्ता भएका अभियोगपत्रहरुको अपव्याख्या गर्नुभएको छ।  हुन त, कानुनी राज्यमा खुला मञ्चबाटमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई हाम्रो दाइ हो, जय नेपाल भन्थ्यौ हामी,भन्न सक्ने एकमात्र भाग्यमानी गगन थापा नै हुनुहुन्छ होला। अदालतलाई प्रभावित गर्ने जो कोही होस् कारबाहीको दायरामा ल्याउनुपर्छ भन्दै सम्बन्धित सबै सरोकारवाला निकायको ध्यानाकर्षण गर्दछु। कि कानुन रवि लामिछानेको हकमा मात्रै लागु हुने हो त्यो भनिदिन पर्‍यो।' 

 

कांग्रेस सभापति थापाले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा आफूलाई धेरैले रवि लामिछाने विरुद्धका प्रमाण खोइ भन्दै प्रश्न गर्ने गरेको भन्दै जवाफ दिएका थिए । 

जवाफमा उनले विभिन्न अदालतबाट भएका आदेशलाई राजनीतिकरुपमा व्याख्या गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

विधेयकमा सरकारी कोषबाट निवृत्तभरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै व्यक्ति कुनै प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भएमा, सो पदमा बहाल रहेसम्म निवृत्तभरण नपाउने व्यवस्था गरिएको...
न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउँदै...