नेभिगेशन
समाज

चुनावी घोषणापत्रका नाममा दलहरुले जनतालाई ढाट्ने काम गरेः धनश्याम भुसाल

काठमाडौँ । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा नाममा जनतालाई ढाट्ने काम गरेको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भुसालले राजनीतिक दलमार्फत सत्तामा पुगेर राज्य कव्जा गर्ने नियतका साथ राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा नाममा जनतालाई ढाट्ने काम गरेको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि रेल, भ्यूटावर, पानी जहाजको कुरा गरेर जनतालाई ढाट्ने काम भएको भन्दै उनले यसपटक आगामी पाँच बर्षभित्र १७–१८ प्रतिशत आर्थिक बृद्धि गर्ने भनेर ढाट्ने काम भएको उल्लेख गरे । अघिल्लो बाचामा कसैले प्रश्न नगरेकै कारण फेरी त्यस्तै प्रवृति दोहरिएको उनको भनाइ छ । भुसालले नयाँ प्रतिवद्धता भन्दा पनि यसअघि ४० बर्ष हिडेको बिकासको बाटोमा पुनर्बिचार गर्नुपर्नेमा जोड दिए ।

Ncell
Extreme Energy

उनले आसन्न निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बन्न पुगेको तर्क गरेका थिए । राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भएपनि त्यसो नगरी निर्वाचनमा जाँदा समस्या लुकाउने काम मात्र भएको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् ।
कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

निरन्तरको बर्षाकाकारण जलसतह बढन सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उनले बताए । यद्यपि इन्द्र सरोवरमा हाल जलसतह सामान्य अवस्थामा...
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।