नेभिगेशन
समाज

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा के भेटियो ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाका भाइ  भूषण राणामाथि सरकारले अनुसन्धान थालेको छ । जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तीको घरमा ठुलो संख्यामा नगद जलेको पाइएपछि उनीहरुमाथि अुकत सम्पत्ति लुकाएको आरोपमा सम्पत्ति शुद्धिकरणमा अनुसन्धान चलेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसक्रममा देउवा दम्पत्तीको नगद तथा सम्पत्ति व्यवस्थापन गर्ने भूषण राणाका घर तथा कार्यालयमा पनि सम्पत्ति शुद्धिकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले छापा हानेको थियो । 
आइतबार साँझदेखि अबेर रातिसम्मै चलेको छापामारीमा प्रहरीले केहि कागजाता बाहेक ठोस प्रमाण नभेटाएको स्रोतले जनाएको छ । उनको घर बाहेक अन्यत्र पनि छापामारी केही विवरण लिइएको भएपनि खुलाउन नमिल्ने प्रहरी जनाएको छ । छापा मार्दा राणा भने घरमा थिएनन् । 

Ncell
Extreme Energy

उनी एक महिनाअघिनै विदेश पुगेका छन् । यो बिचमा भएको जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तीको घरमा आगजनी र तोडफोड भएपछि आफ्नो घरमा पनि हुन सक्ने आशंकामा प्रमाण लाग्न सक्ने नगद तथा सम्पत्ती अन्यत्र सारिसकिएको हुन सक्ने अनुसन्धान अधिकारीले दाबी गरे । 
भूषण राणा दिदी भिनाजु सत्तामा रहेका बेला प्रायः हरेक नियुक्ति,सरुवा बढुवा र नीतिगत निर्णयहरुमा हाबी हुने गरेको आरोप छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...