नेभिगेशन
मुख्य समाचार

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा के भेटियो ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाका भाइ  भूषण राणामाथि सरकारले अनुसन्धान थालेको छ । जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तीको घरमा ठुलो संख्यामा नगद जलेको पाइएपछि उनीहरुमाथि अुकत सम्पत्ति लुकाएको आरोपमा सम्पत्ति शुद्धिकरणमा अनुसन्धान चलेको छ ।

त्यसक्रममा देउवा दम्पत्तीको नगद तथा सम्पत्ति व्यवस्थापन गर्ने भूषण राणाका घर तथा कार्यालयमा पनि सम्पत्ति शुद्धिकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले छापा हानेको थियो । 
आइतबार साँझदेखि अबेर रातिसम्मै चलेको छापामारीमा प्रहरीले केहि कागजाता बाहेक ठोस प्रमाण नभेटाएको स्रोतले जनाएको छ । उनको घर बाहेक अन्यत्र पनि छापामारी केही विवरण लिइएको भएपनि खुलाउन नमिल्ने प्रहरी जनाएको छ । छापा मार्दा राणा भने घरमा थिएनन् । 

उनी एक महिनाअघिनै विदेश पुगेका छन् । यो बिचमा भएको जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तीको घरमा आगजनी र तोडफोड भएपछि आफ्नो घरमा पनि हुन सक्ने आशंकामा प्रमाण लाग्न सक्ने नगद तथा सम्पत्ती अन्यत्र सारिसकिएको हुन सक्ने अनुसन्धान अधिकारीले दाबी गरे । 
भूषण राणा दिदी भिनाजु सत्तामा रहेका बेला प्रायः हरेक नियुक्ति,सरुवा बढुवा र नीतिगत निर्णयहरुमा हाबी हुने गरेको आरोप छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...