नेभिगेशन
समाज

आगामी निर्वाचनमा माओवादीले सक्रियताका साथ भाग लिन्छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादीले सक्रियताका साथ भाग लिने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले घोषित मितिमा नै निर्वाचन हुनुपर्ने माओवादीको जोड रहेको भन्दै पार्टीले सक्रियताका साथ निर्वाचनमा भाग लिने बताएका हुन् । उनले सबै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिए । 

Ncell
Extreme Energy

‘घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ । हाम्रो पार्टी चाहीँ सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ र अगाडि बढ्छ भनेर भनिसक्या छ । अहिले अन्य राजनीतिकदलहरुसँग पनि कुराकानी भइनैराखेको छ । मलाई लाग्छ केही समयपछि त्यसको परिणम देखिन्छ पनि ।’ प्रचण्डले भने । 

निर्वाचनमा सहभागी गराउन अन्य दलहरुसँग छलफल भइरहेको उल्लेख गर्दै प्रचण्डले केहिसमयपछि त्यसको परिणाम देखिने धारणा राखे । 

त्यस्तै उनले विपद् व्यवस्थापनका लागि पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा सचिवालय बैठकमा छलफल भएको जानकारी दिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र सञ्जाल पत्ता लगाउने उद्देश्यले प्रहरीले १० दिनसम्म निगरानी गरेर बिहीबार सुन बरामद गरेको...