नेभिगेशन
मुख्य समाचार

आगामी निर्वाचनमा माओवादीले सक्रियताका साथ भाग लिन्छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादीले सक्रियताका साथ भाग लिने बताएका छन् । 

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले घोषित मितिमा नै निर्वाचन हुनुपर्ने माओवादीको जोड रहेको भन्दै पार्टीले सक्रियताका साथ निर्वाचनमा भाग लिने बताएका हुन् । उनले सबै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिए । 

‘घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ । हाम्रो पार्टी चाहीँ सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ र अगाडि बढ्छ भनेर भनिसक्या छ । अहिले अन्य राजनीतिकदलहरुसँग पनि कुराकानी भइनैराखेको छ । मलाई लाग्छ केही समयपछि त्यसको परिणम देखिन्छ पनि ।’ प्रचण्डले भने । 

निर्वाचनमा सहभागी गराउन अन्य दलहरुसँग छलफल भइरहेको उल्लेख गर्दै प्रचण्डले केहिसमयपछि त्यसको परिणाम देखिने धारणा राखे । 

त्यस्तै उनले विपद् व्यवस्थापनका लागि पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा सचिवालय बैठकमा छलफल भएको जानकारी दिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छः नेता बस्नेत

रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छः नेता बस्नेत

नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको जानकारीमा आएको उल्लेख गर्दै उक्त घटना लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको टिप्पणी गरे ।...
चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

समितिमा चलचित्र विधेयक, २०२६ लाई परिमार्जन गर्न सरोकार भएकाहरूसँग सुझाव सङ्कलन गरिएको थियो । सुझाव सङ्कलनका क्रममा आज चलचित्रकर्मी, निर्देशक, कलाकार, निर्मातालगायत चलचित्र उत्पादनसँग सम्बन्धित विभिन्न नौ सङ्घसंस्थाका...
मधेश प्रदेशमा ललितकला कार्यशाला

मधेश प्रदेशमा ललितकला कार्यशाला

त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम मावि बिर्ता वीरगञ्ज–४ पर्सामा भएको कार्यशालामा बालबालिकाको उपस्थिति थियो । अजमत प्रडक्सन, नेपाल भोजपुरी समाज वीरगञ्ज पर्सा र मैथिली विकास कोष, जनकपुरधामको सहकार्यमा गरिएको कार्यक्रममा...
नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो । आइतबार ३३४ कम्पनीको एक करोड ३३ लाख...