नेभिगेशन
समाज

पहलगाम आक्रमणको बदलामा ‘अपरेशन सिन्दुर’: भारत

काठमाडौँ । भारतीय सेनाले जम्मु कश्मिरको पहलगाममा आतंकवादी हमलामा परि मृत भएकाहरुलाई न्याय दिलाउन ‘अपरेशन सिन्दुर’ चलाइएकाे जनाएको छ । बुधबार बिहान सुरु गरिएको सो अपरेशनबारे जानकारी दिँदै भारतीय सेनाकी कर्नल सोफिया कुरेशीले पछिल्लो तीन दशकयता पाकिस्कानमा आतंकवादीहरुको विकास भइरहेको र सोही आतंकवादीविरुद्ध आफूहरुले प्रहार गरेको जनाएकी छिन् ।
भारतीय सेनाको प्रेस ब्रीफिङ्गमा कर्नेल सोफिया कुरेशीले भनिन्,‘‘अपरेशन सिन्दुर’ निर्दोष पर्यटक र उनीहरूका परिवारलाई न्याय दिन शुरू गरिएको थियो ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै आक्रमणबारे जानकारी दिँदै विंग कमाण्डर व्योमिका शिंहले आफूहरुले पकको मुजाफराबादमा अवस्थित लश्करको सावाई नाला प्रशिक्षण केन्द्रमा पहिलो निशाना बनाएको बताएकी छिन् । त्यस्तै उनले सोनामार्ग, गुल्मारग र पहलगाम आक्रमणका आतंककारीहरूले त्यहाँ प्रशिक्षण लिएको बताएकी छिन् ।

Extreme Energy

त्यस्तै भारतका विदेश सचिव विक्रम मिस्रीले भारतले पाकिस्तान–प्रशासित काश्मिर र पाकिस्तानको ‘आतंकवादी संरचनाहरू’ लाई आक्रमण गरेको र सीमापार आक्रमणको प्रतिक्रिया दिन र प्रतिरोध गर्न आफ्नो अधिकारको प्रयोग गरेको जनाए ।
त्यस्तै उनले पाकिस्तानले आतंकवादको पूर्वाधार अन्त्य गर्न कुनै कदम नचालेका कारण आफूहरुले आक्रमण  गर्नुपरेको जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र...
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...

भर्खरै