नेभिगेशन
समाज

पहलगाम आक्रमणको बदलामा ‘अपरेशन सिन्दुर’: भारत

काठमाडौँ । भारतीय सेनाले जम्मु कश्मिरको पहलगाममा आतंकवादी हमलामा परि मृत भएकाहरुलाई न्याय दिलाउन ‘अपरेशन सिन्दुर’ चलाइएकाे जनाएको छ । बुधबार बिहान सुरु गरिएको सो अपरेशनबारे जानकारी दिँदै भारतीय सेनाकी कर्नल सोफिया कुरेशीले पछिल्लो तीन दशकयता पाकिस्कानमा आतंकवादीहरुको विकास भइरहेको र सोही आतंकवादीविरुद्ध आफूहरुले प्रहार गरेको जनाएकी छिन् ।
भारतीय सेनाको प्रेस ब्रीफिङ्गमा कर्नेल सोफिया कुरेशीले भनिन्,‘‘अपरेशन सिन्दुर’ निर्दोष पर्यटक र उनीहरूका परिवारलाई न्याय दिन शुरू गरिएको थियो ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै आक्रमणबारे जानकारी दिँदै विंग कमाण्डर व्योमिका शिंहले आफूहरुले पकको मुजाफराबादमा अवस्थित लश्करको सावाई नाला प्रशिक्षण केन्द्रमा पहिलो निशाना बनाएको बताएकी छिन् । त्यस्तै उनले सोनामार्ग, गुल्मारग र पहलगाम आक्रमणका आतंककारीहरूले त्यहाँ प्रशिक्षण लिएको बताएकी छिन् ।

Ncell
Extreme Energy

त्यस्तै भारतका विदेश सचिव विक्रम मिस्रीले भारतले पाकिस्तान–प्रशासित काश्मिर र पाकिस्तानको ‘आतंकवादी संरचनाहरू’ लाई आक्रमण गरेको र सीमापार आक्रमणको प्रतिक्रिया दिन र प्रतिरोध गर्न आफ्नो अधिकारको प्रयोग गरेको जनाए ।
त्यस्तै उनले पाकिस्तानले आतंकवादको पूर्वाधार अन्त्य गर्न कुनै कदम नचालेका कारण आफूहरुले आक्रमण  गर्नुपरेको जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
बाढीले थुपारेको भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड लाग्ने

बाढीले थुपारेको भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड लाग्ने

भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँशी पर्व मनाउँदैछन् । यस दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ ।
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।