नेभिगेशन
मुख्य समाचार

भारत र पाकिस्तानका हतियार हिसाब : को कति शक्तिशाली ?

काठमाडौँ । पाकिस्तानमाथि भारतले 'अपरेशन सिन्दुर'  सुरु गरेपछि यी दुई देशको सैन्य शक्तिको हिसाबकिताब सुरु भएको छ । 

भारतले आफ्नो सैन्य शक्ति पाकिस्तानको तुलनामा धेरै ठुलो भएको बताउँदै आएको छ । ग्लोबल फायर पावरका अनुसार सन् २०२५ को सैन्य शक्तिको वरीयतामा भारत र पाकिस्तानबिच आठ स्थानको अन्तर छ ।
अहिलेको अवस्थामा विश्वव्यापी सैन्य शक्तिको हिसाबले भारत १४५ देशहरूमध्ये चौथो स्थानमा छ भने पाकिस्तान १२ औँ स्थानमा रहेको छ ।

CG

भारतीय सेनासँग लगभग २२ लाख सैनिक, ४,२०१ ट्याङ्क, झन्डै १ लाख ५ हजार बख्तरबन्द सवारी साधन, १०० सेल्फ प्रोपेल्ड आर्टिलरी र ३,९७५ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी छन् ।  यसबाहेक, मल्टी ब्यारल रकेट आर्टिलरीहरूको सङ्ख्या २६४ छ ।

यस्तै भारतीय वायुसेनासँग ३ लाख १० हजार सैनिक एवं ५१३ लडाकु विमान र २७० पारवहनमा प्रयोग हुने विमानसहित २,२२९ वटा विमान रहेका छन् । यी मध्ये १३० वटा हमलाकारी, ३५१ वटा प्रशिक्षणमा प्रयोग हुने विमान र ६ वटा ट्याङ्कर फ्लीट विमानहरू छन् ।

भारतीय सेनाका तीन वटै अङ्गसँग गरेर कुल ८९९ हेलिकप्टर छन् । तीमध्ये ८० वटा हमलाकारी हेलिकप्टर रहेको बिबिसी हिन्दीले जनाएको छ । 

भारतीय नौसेनामा  १ लाख ४२ हजार नौ सैनिक र दुई विमानवाहक युद्धपोत, १३ डिस्ट्रोअर, १४ फ्रिगेट्स, १८ पनडुब्बी र १८ कार्भेटसहित कुल २९३ वटा जहाजहरू छन् ।

यस्तै भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे सञ्जाल रहेको छ । 

पाकिस्तानको सैन्य शक्ति कति ?
यता पाकिस्तानमा पनि सैन्य शक्ति त्यति कमजोर भने छैन । 

ग्लोबल फायर पावरका अनुसार पाकिस्तानी सेनामा झन्डै १३ लाख ११ हजार सैनिक, १ लाख २४ हजार नौ सैनिक र ७८ हजार वायुसेना रहेका छन् ।

पाकिस्तानसँग ३२८ लडाकु विमान, आक्रामक प्रकारका ९० वटा विमान, ६४ वटा यातायात विमान, ५६५ ट्रेनर, ४ ट्याङ्कर फ्लीट र ५७ लडाकु हेलिकप्टरका र ३७३ हेलिकप्टर सहित कुल १,३९९ विमानहरू रहेका छन् । 

यस्तै २,६२७ ट्याङ्क, ६६२ सेल्फ प्रोपेल्ड आर्टिलरी, २६२९ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी र ६०० मल्टी ब्यारल रकेट पनि रहेका छन् ।

पाकिस्तानी नौसेनासँग ९ वटा फ्रिगेट, नौवटा कर्भेट, आठवटा पनडुब्बी र ६९ गस्ती जहाज रहेको बिबिसी हिन्दीले जनाएको छ । 

यस्तै पाकिस्तानसँग तीन बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाजहरू छन्। यसबाहेक उसको २ लाख ६४ हजार किलोमिटर सडक र ११ हजार हजार किलोमिटर रेलवे सञ्जाल छ । 

आणविक हतियार कोसँग कति ?
यी दुवै देशसँग आणविक हतियार पनि रहेका छन् । स्वीडेनको थिंक ट्याङ्क स्टक होम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको सन् २०२४ को एक रिपोर्ट अनुसार भारतसँग १७२ आणविक वार हेड र पाकिस्तानसँग १७० आणविक वार हेड रहेका छन् । यसबाहेक पनि दुवै देशले ठुलो सङ्ख्यामा आणविक हतियारको बन्दोबस्त गरिरहेको जनाइए पनि सङ्ख्यामा भने स्पष्ट नभएको बिबिसीले हिन्दीले जनाएको छ । 

युद्धमा प्रयोग हुने ड्रोनको सँग कति ?
बिबिसी उर्दूका अनुसार भारतसँग युद्धमा प्रयोग हुने लगभग पाँच हजार ड्रोन रहेका छन् भने पाकिस्तानसँग भारतभन्दा केही कम तर ११ थरीका ड्रोन रहेका छन् । 
भारतले केही वर्षअघि ३.५ अर्ब डलरमा ३१ वटा प्रिडेटर ड्रोन र ५० करोड ती ड्रोनले बोक्ने बम तथा लेजर मिसाइल खरिदका लागि अमेरिकासँग सम्झौता गरेको थियो । यो ड्रोन युद्धमा सबैभन्दा सफल र खतरनाक ड्रोन भएको मानिएको छ । 
पाकिस्तानसँग आफैँले बनाएको बराक र शाहपर ड्रोनसहित टर्कीको आधुनिक बेराक्टार ड्रोन टीबीटू र अकेन्जी ड्रोन रहेको छ । यस्तै पाकिस्तानले चीनबाट ‘वाङ लङ टु’ र ‘सीएचफोर’ जस्ता ड्रोनहरू लिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँको टुँडीखेलमा दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने

काठमाडौँको टुँडीखेलमा दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजन तथा ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा यही पुस ३० र आगामी माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सवको आयोजना हुने भएको...
निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौतीः सचिव राउत

निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौतीः सचिव राउत

आयोगका सचिव राउतले निर्वाचन कार्यक्रमअन्तर्गत माघ २ गते निर्वाचन अधिकृत कार्यालयको स्थापना हुने जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयलाई ३७ प्रकारका निर्वाचन सामग्री खरिदका लागि अख्तियारी दिइसकिएको बताउँदै...
निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी

राजनीतिक दलका उम्मेद्वारले अरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे भन्दै दोष देखाएर आफूले नै बढी आचारसंहिता पालना नगर्ने गरेकाले यसतर्फ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यान जानुपर्ने बताए...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

सोमबार ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१...

भर्खरै