नेभिगेशन
समाज

भारत र पाकिस्तानका हतियार हिसाब : को कति शक्तिशाली ?

काठमाडौँ । पाकिस्तानमाथि भारतले 'अपरेशन सिन्दुर'  सुरु गरेपछि यी दुई देशको सैन्य शक्तिको हिसाबकिताब सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतले आफ्नो सैन्य शक्ति पाकिस्तानको तुलनामा धेरै ठुलो भएको बताउँदै आएको छ । ग्लोबल फायर पावरका अनुसार सन् २०२५ को सैन्य शक्तिको वरीयतामा भारत र पाकिस्तानबिच आठ स्थानको अन्तर छ ।
अहिलेको अवस्थामा विश्वव्यापी सैन्य शक्तिको हिसाबले भारत १४५ देशहरूमध्ये चौथो स्थानमा छ भने पाकिस्तान १२ औँ स्थानमा रहेको छ ।

Ncell
Extreme Energy

भारतीय सेनासँग लगभग २२ लाख सैनिक, ४,२०१ ट्याङ्क, झन्डै १ लाख ५ हजार बख्तरबन्द सवारी साधन, १०० सेल्फ प्रोपेल्ड आर्टिलरी र ३,९७५ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी छन् ।  यसबाहेक, मल्टी ब्यारल रकेट आर्टिलरीहरूको सङ्ख्या २६४ छ ।

यस्तै भारतीय वायुसेनासँग ३ लाख १० हजार सैनिक एवं ५१३ लडाकु विमान र २७० पारवहनमा प्रयोग हुने विमानसहित २,२२९ वटा विमान रहेका छन् । यी मध्ये १३० वटा हमलाकारी, ३५१ वटा प्रशिक्षणमा प्रयोग हुने विमान र ६ वटा ट्याङ्कर फ्लीट विमानहरू छन् ।

भारतीय सेनाका तीन वटै अङ्गसँग गरेर कुल ८९९ हेलिकप्टर छन् । तीमध्ये ८० वटा हमलाकारी हेलिकप्टर रहेको बिबिसी हिन्दीले जनाएको छ । 

भारतीय नौसेनामा  १ लाख ४२ हजार नौ सैनिक र दुई विमानवाहक युद्धपोत, १३ डिस्ट्रोअर, १४ फ्रिगेट्स, १८ पनडुब्बी र १८ कार्भेटसहित कुल २९३ वटा जहाजहरू छन् ।

यस्तै भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे सञ्जाल रहेको छ । 

पाकिस्तानको सैन्य शक्ति कति ?
यता पाकिस्तानमा पनि सैन्य शक्ति त्यति कमजोर भने छैन । 

ग्लोबल फायर पावरका अनुसार पाकिस्तानी सेनामा झन्डै १३ लाख ११ हजार सैनिक, १ लाख २४ हजार नौ सैनिक र ७८ हजार वायुसेना रहेका छन् ।

पाकिस्तानसँग ३२८ लडाकु विमान, आक्रामक प्रकारका ९० वटा विमान, ६४ वटा यातायात विमान, ५६५ ट्रेनर, ४ ट्याङ्कर फ्लीट र ५७ लडाकु हेलिकप्टरका र ३७३ हेलिकप्टर सहित कुल १,३९९ विमानहरू रहेका छन् । 

यस्तै २,६२७ ट्याङ्क, ६६२ सेल्फ प्रोपेल्ड आर्टिलरी, २६२९ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी र ६०० मल्टी ब्यारल रकेट पनि रहेका छन् ।

पाकिस्तानी नौसेनासँग ९ वटा फ्रिगेट, नौवटा कर्भेट, आठवटा पनडुब्बी र ६९ गस्ती जहाज रहेको बिबिसी हिन्दीले जनाएको छ । 

यस्तै पाकिस्तानसँग तीन बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाजहरू छन्। यसबाहेक उसको २ लाख ६४ हजार किलोमिटर सडक र ११ हजार हजार किलोमिटर रेलवे सञ्जाल छ । 

आणविक हतियार कोसँग कति ?
यी दुवै देशसँग आणविक हतियार पनि रहेका छन् । स्वीडेनको थिंक ट्याङ्क स्टक होम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको सन् २०२४ को एक रिपोर्ट अनुसार भारतसँग १७२ आणविक वार हेड र पाकिस्तानसँग १७० आणविक वार हेड रहेका छन् । यसबाहेक पनि दुवै देशले ठुलो सङ्ख्यामा आणविक हतियारको बन्दोबस्त गरिरहेको जनाइए पनि सङ्ख्यामा भने स्पष्ट नभएको बिबिसीले हिन्दीले जनाएको छ । 

युद्धमा प्रयोग हुने ड्रोनको सँग कति ?
बिबिसी उर्दूका अनुसार भारतसँग युद्धमा प्रयोग हुने लगभग पाँच हजार ड्रोन रहेका छन् भने पाकिस्तानसँग भारतभन्दा केही कम तर ११ थरीका ड्रोन रहेका छन् । 
भारतले केही वर्षअघि ३.५ अर्ब डलरमा ३१ वटा प्रिडेटर ड्रोन र ५० करोड ती ड्रोनले बोक्ने बम तथा लेजर मिसाइल खरिदका लागि अमेरिकासँग सम्झौता गरेको थियो । यो ड्रोन युद्धमा सबैभन्दा सफल र खतरनाक ड्रोन भएको मानिएको छ । 
पाकिस्तानसँग आफैँले बनाएको बराक र शाहपर ड्रोनसहित टर्कीको आधुनिक बेराक्टार ड्रोन टीबीटू र अकेन्जी ड्रोन रहेको छ । यस्तै पाकिस्तानले चीनबाट ‘वाङ लङ टु’ र ‘सीएचफोर’ जस्ता ड्रोनहरू लिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु

यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु

आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो ।
रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छः मन्त्री यादव

रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छः मन्त्री यादव

हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताइन्...
पाँचथरको याङवरकमा बाढीपहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

पाँचथरको याङवरकमा बाढीपहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र वडा नं १ र २ मा गरी तीन वटा झोलुङ्गे पुल...
जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

शुक्रबार सम्पन्न अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी तथा महत्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको नेपाली सेनाले जानकारी...