नेभिगेशन
मुख्य समाचार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो नै अन्तिम निचोड भने होइन ।’

काठमाडौँ । फागुन २१ मा घोषित निर्वाचनमा प्रवासमा रहेका नेपालीहरुले प्रत्यक्ष निर्वाचित हुने उम्मेदवारका लागि मतदान गर्न नपाउने भएका छन् । 

प्रवासमा रहेका नेपालीहरुलाई मताधिकार दिनेगरी कानुन संशोधनका लागि गृह मन्त्रालयले गरेको प्रस्तावमा विभिन्न चरणको छलफलपछि सरकार यस्तो निचोडमा पुगेको हो ।

CG

घोषित मितिमै हुने निर्वाचनका लागि तत्काल समानुपातिकमा मात्रै मताधिर दिन सकिने विषय निचोड नजिक पुगेको गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेले बताए ।

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो नै अन्तिम निचोड भने होइन ।’ 

मताधिकारको व्यवस्थाका लागि निर्वाचन कानुन संशोधनको प्रस्ताव मन्त्रालयले निर्वाचन आयोगमा पठाएको र आयोगसँग निरन्तर संवाद भइरहेको उनले बताए । प्रवक्ता काफ्लेकाअनुसार निर्वाचन आयोगले कानुनको मस्यौदामा अझै लिखित धारणा पठाई सकेको छैन । उसले कानुन संशोधनको मस्यौदा पठाउने वित्तिक्कै आगामी चुनावमा कार्यन्वयन गर्नेगरी अध्यादेशका लागि अघि बढ्ने गृह मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले पनि विदेशमा रहेका नेपालीहरुलाई फागुन २१ मै हुने निर्वाचनमा सहभागी हुने व्यवस्था मिलाउनका लागि छलफल तिब्र पारेको छ । 

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले कुन कुन देशमा कसरी मतदानको व्यवस्था गर्न सकन्छ भन्नेबारे नीति अनुसन्धान प्रतिष्ठानसँग परामर्श गरिरहेको जनाएको छ । झण्डै दुुई साता अघि नै विशेष अध्यायनसहितको रिर्पोट दिन प्रतिष्ठानलाई भनिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

गत साता गृह मन्त्रालयले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा आधारित निर्वाचनका लागि प्रवासमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेगरी कानुन बनाउने प्रस्तावको मस्यौदा निर्वाचन आयोगमा पेश गरेको थियो ।
लगत्तै निर्वाचन आयोगले कानुुनी, राजनीतिक र व्यवहारिक पाटोबारे सरोकारवालासँग छलफल थालेको थियो । 

गृह मन्त्रालयले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी चार ऐन संशोधनको मस्यौदा निर्वाचन आयोगमा पठाएको थियो । 

मन्त्रालयकाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐन संशोधन गर्न खोजिएको हो । सम्बन्धित कानुन संशोधनबारे छलफल गहन भइरहेको निर्वाचन आयोगले जनाएको छ । 

आयोगकाअनुसार विभिन्न चरणको छलफलमा घोषित मितिमै हुने निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमा मतदान गर्न देश बाहिर रहेको नेपालीका लागि सहज देखिएको छैन । तत्कालका लागि समानुपातिक निर्वाचन प्रणालीमा मात्रै सहभागी हुनेगरी व्यवस्था गर्न सकिन्छकी भन्ने देखिएको आयोगका प्रवक्ता एवम् सहसचिव नारायण प्रसाद भट्टराईले बताए । 

‘तत्कालका लागि समानुपातिक मतदानमा मात्रै सहभागी गराउन सकिन्छ की भन्ने देखिएको छ,’ प्रवक्ता भट्टराईले सिधाकुरासँग भने,  ‘गृह मन्त्रालय सहितका सारोकारवालासँग आयगको कानुुन विभागले छलफल र परामर्श गरिरहेको छ ।’ 

यता, नीति अनुसन्धान प्रतिष्ठानले पनि विशेष समिति बनाएर प्रवासमा रहेका नेपालीलाई मताधिकार दिनेगरी काम गरिरहेको जनाएको छ । प्रधानमन्त्री कार्यालयबाट विशेष प्राथमिकतामा राखेर काम गर्न भन्दै यसबारेको अध्ययनका लागि पत्राचार भएको प्रतिष्ठानका सूचना अधिकारी कृष्ण प्रसाद वि.क.ले सिधाकुरालाई बताए । ‘प्रतिष्ठानले अध्यायन गर्दैछ । निचोड आएपछि सरकारलाई अवगत गराउने छौँ,’ सूचना अधिकारी वि.क.ले सिधाकुरासँग भने । 

यस अघि नै सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सरकारको नाममा परमादेश जारी गरिसकेको छ । तर, यसअघिको सरकारले यसलाई टार्दै आएको थियो ।

जेनजी आन्दोलनपछिको सरकारले भने नयाँ निर्वाचन तोकिसकेको अवस्थामा पनि कानुन संशोधन गरेर प्रवासमा रहेका नेपालीलाई मतादानको अधिकार दिन पहल थालेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर तरुल खेती सुरु गर्दै आएका छन् । खेमराजले भने “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन,...
बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

रोयल इन्फिल्डमै काम गर्ने कर्मचारीहरुकाअनुसार एक दिनमा बाइक सर्भिसिङ गरेर पाइन्छ भन्ने त परिकल्प नै नगरे हुन्छ । ‘बाइक बिक्री अहिले बढेको छ । सोहीअनुसार सर्भिसिङ सेन्टर र...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...