नेभिगेशन
समाज

शहरमा सनसनी मच्चाएको 'सिक्री ग्याङ'

काठमाडौँ । काठमाडौँ शहरमा पछिल्लो समय एउटा ग्याङले खुब हैरानी र त्रासदी मच्चाएको छ । विशेषगरी रिङरोड बाहिरका शान्त तथा आवासिय क्षेत्रमा यो ग्याङको आतंकले महिला, एकल व्यक्ति र बृद्ध बृद्धाहरु त्रसित थिए । त्यो ग्याङ हो सिक्री ग्याङ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हो आज हामी त्यो समूहको त्रास र अपराध सैलीबारे चर्चा गर्दैछौँ, जसले सडकमा हिंडिरहेका मानिसहरुको गलाको सिक्री खोसेर मोटरसाइकलमा टाप ठोक्थे । कतिपय अवस्थामा सिक्री पुरै ति ग्याङको हातमा पुग्थ्यो भने कतिपय बेला आधा सिक्री मात्रै । सुनको मूल्य बढेर आकाश छोएको बेला बहुमूल्य सुनको सिक्री लुट्ने एउटा समूह भने अहिले प्रहरीको फन्दामा परेको छ ।

Everest cinsult

गत असोज ०८ गते ललितपुरको नख्खुडोलबाट सडकमा हिंडिरहेका एक व्यक्तिको डेढ तोलको सिक्री चोरियो । बाइकमा आएका केटाहरुले सिक्री चुडालेर लगे ।

असोज २३ गते काठमाडौंको नागार्जुन नगरपालिका ३ सिङ्गल ट्री नजिकबाट १ तोला १५ लालको आधा सिक्री चुडालेर लगियो । 

यसको तेस्रो दिन नै असोज २६ मा नार्गाजुनकै बुद्ध चोकबाट ३ तोलाको सिक्री थुतेर बाइकमा आएका केटाहरु भागे ।

कात्तिक १ गते काठमाडौँको नागार्जुन नगरपालिका १ राधाकृष्ण मन्दिर नजिकबाट यस्तैगरी एक तोलाको सिक्री आधा चुडालेर लिएर बाइकमा आएको समूह भाग्यो । 

कात्तिक १ गते नै नागार्जुनको रामकोट टेम्पो पार्क नजिकबाट १ तोला २५ लालको सिक्री आधा चुडालेर बाइकमा केटाहरु भागे ।

सोही दिन नागार्जुन नगरपालिका ५ थापाचोक नजिकबाट झोला र स्यामसङ कम्पनीको मोबाइल पनि बाइकमा आएका केटाहरुले लिएर भागे । 

कात्तिक १ गते नै तार्केश्वर नगरपालिका नेपालटारबाट २ तोलाको सिक्री चुडालेर केटाहरु भागे ।

यसरी लुट्थे सिक्री

यो ग्याङमा जम्मा ५ जना छन् । जसमा सुन चोर्न हिंड्ने मोटरसाइकल चलाउने देखि सिक्री थुत्ने, सिक्री किन्ने र बेच्नेसम्म । 

दुइ जना केटाहरु पल्सर कम्पनीको मोटर साइकलमा हिड्छन् । सुन लगाएको महिला, अली भरिलो झोला बोकेको महिला, पुरुष, एकल तथा बृद्ध महिला पुरुष जो देखेपनि उनीहरु पछाडीबाट पिछा गर्छन् । बाइक ति पैदलयात्रीको नजिक लैजान्छन् । अनी बाइकको पछाडी बसेको मान्छेले सोझै घाँटीमा लगाएको सिक्रीमा हात पुर्याएर तान्छ र लछार पछार पारेर लिएर भाग्छन् । 

घाँटीको रहेको सिक्री चोरिएको थाहा पाउँदा नपाउँदै मोटरसाइलमा बत्तिएका चोरहरु कहाँ पुग्छन् पत्तै हुँदैन । 

उपत्याकाका अधिकांस ठाउँमा यो ग्याङबारे अवगत छ तर फेला पर्न सकेका थिएनन् ।  कतिले यही ग्याङको त्रासका कारण पनि बाहिर निस्कदा सुनका गहना लगाउनै छाडेका छन् । यो एक पटक दुई पटक होइन धेरै पटक दोहोरिएको घटना हो । 

कसरी परे चोरहरु फन्दामा   

जेन–जी आन्दोलनपछि घटेको प्रहरीको सक्रियताका कारण यस्ता घटनाहरु सामान्य जस्तै बनेका थिए । तर, एकै प्रकृतिमा दर्जनौँ उजुरी परेपछि प्रहरीले अनुसन्धान तिब्र बनायो । 
धेरैजसो घटना नागार्जुनको रानीबन क्षेत्रमा भएका कारण प्रहरी बृत्त स्वयम्भूले विशेष अनुसन्धान अघि बढायो ।

प्रहरीले हरेक चोक चोकको सिसिटिभि फुटेज केलायो । सिसिटिभिमा देखिएका हरेक शंकास्पद गतिबिधिमाथि निगरानी बढायो । त्यसपछि थाहा भयो यो सबै लुटपाट मच्चाउने ग्याङ त एउटै पो रहेछ । 

यो ग्याङमा अहिलेसम्म ५ जना संलग्न भएको खुलेको छ । यहाँ हरेकको आआफ्नो भूमिका छ । यहाँ बाइक चलाउने, सिक्री थुत्ने, त्यो सिक्री बेच्ने र किन्ने सबैको आ–आफ्नो रोल फिक्स्ड छ ।

यी हुन् सिक्री चोर्ने चोरहरु  

यसरी सिक्री चोर्ने ग्याङका एक जना हुन् सिन्धुली, हरिहरगढी गाउँपालिका ६ घर भइ भक्तपुर, सूर्यविनायक नगरपालिका ५ स्थित तिनधारेमा डेरा कोठा बस्ने वर्ष २८ को राज लामा । उनी सिक्री तान्दा मोटरसाइकल चलाउने व्यक्ति हुन् । 

अर्का व्यक्ति हुन् उदयपुर, ताप्ले गाउँपालिका ४ घर भइ भक्तपुर, बस्ने वर्ष २० को विशाल भन्ने दुर्ग बहादुर मगर । उनी मोटरसाईकलको पछाडी बसेर सिक्री तान्ने व्यक्ति हुन् । 

अर्का व्यक्ति हुन् रामेछापको, लिखु तामाकोसी गाउँपालिका ६ घर भइ भक्तपुरको चाँगुनारायण नगरपालिका २ सल्लाघारीमा श्री लक्ष्मी ज्वलर्स सञ्चालन गर्ने वर्ष ३२ को दिल बहादुर बि.क. । उनी लुटिएको सिक्री बिक्रि गरिदिने व्यक्ती हुन् ।  

ग्याङमा अर्का व्यक्ति छन् बागलुङ, गलकोट नगरपालिका २ घर भइ काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका ६ सरस्वती नगरमा रहेको बागलुङ कालिका ज्वेलर्सका सञ्चालक वर्ष ४० को गोबिन्द सुनार । उनी लुटिएको सुन किनिदिने व्यक्ति ह्ुन् । 

र पाँचौ व्यक्ति हुन् कैलाली, लम्कीचुहा नगरपालिका ७ घर भइ काठमाडौं, काठमाडौं महानगरपालिका २२ स्थित रहेको मनु जेम्स एण्ड ज्वलर्सका सञ्चालक सन्तोष सुनारको छोरा वर्ष २२ को दिपेस रसाईली । उनी चोरीको सिक्री किनिदिने व्यक्ति हुन् । 

प्रहरीले राज लामा र बिशाल भनिने दुर्गबहादुर मगरको कोठाबाट अचम्मित पार्ने सामग्री बरामद गरेको छ । उनीहरुको कोठाबाट प्रहरीले स्यामसंग मोबाइल ४ थान, रेड्मी मोबाइल २ थान, आइफोन ३ थान, डमी मोबाइल १ थान, एनटिसिको सिम कार्ड ३० थान, एनसेलको सिमकार्ड ३७ थान, आइटेलको सिम कार्ड ३ थान, मोटरसाइकल चोरी गर्न प्रयोग गरिने सामग्री, लुटपाट गर्दा प्रयोग भएका लत्ताकपडा, लक्ष्मी ज्वेलर्सको सुनको बिल, थुनामुक्तको लागि आदेश भएको कागजपत्र लगायत सामग्री भेटेको थियो ।

अहिले सिक्री ग्याङका पाँचै जना काठमाडौँ प्रहरीको नियन्त्रणमा छन् । अदालतबाट ८ दिनको म्याद लिएर उनीहरुको अपराधबारे अनुसन्धान गरिरहेको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

अब नेपाली मूलका विदेशी नागरिकलाई पनि अध्यागमनमा छुट्टै डेस्कको व्यवस्था गरिएको छ । नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध अझ सुदृढ बनाउने, साथै पर्यटन र लगानी प्रवर्द्धन गर्ने...
रवि लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ, धनुष सहकारीको ८२ लाख झिकेर मिटरब्याजमा

रवि लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ, धनुष सहकारीको ८२ लाख झिकेर मिटरब्याजमा

रवि लामिछानेविरुद्ध जाहेरी दिने जैशीले नै धनुष सहकारीको ८२ लाख रकम अपचलन गरेको आरोप छ । प्रहरी स्रोतका अनुसार जैसी प्रहरीको नियन्त्रणमा छन् भने अन्यको पनि खोजी भैरहेको...
कांग्रेसमा पालैपालो विद्रोहः सभापतिमा गगन यथावत, देउवा मैदानमा

कांग्रेसमा पालैपालो विद्रोहः सभापतिमा गगन यथावत, देउवा मैदानमा

कांग्रेस एउटा पार्टी हो कि दुईटा ? छुट्याउन गाह्रो छ । विशेष महाधिवेशनअघिको कांग्रेस र विशेष महाधिवेशनपछिको कांग्रेस । विशेष महाधिवेशनपछिको कांग्रेसको नेतृत्व गगन थापाले गरिरहेका छन् ।...

भर्खरै