नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलन जाँचबुझ आयोगमा नख्खुका जेलरको बयान: 'रविका कारण जेल बच्यो, उहाँलाई धन्यवाद !'

काठमाडौं । जेनजी आन्दोलन छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा नख्खुका जेलरले रवि लामिछानेका कारण जेल बचेको बयान दिएको खुलेको छ। जााँचबुझ आयोगले आइतबार जेलर सत्यराज जोशीसँग आयोगमै बयान लिएको थियो ।

बयानका क्रममा जेलर जोशीले रविका कारण जेलमा हुनसक्ने ठूलो क्षति टरेको खुलाउँदै रविलाई धन्यवाद दिनु पर्ने लिखत बयान टिपाएका छन् । 

City Express

'जेलमा बाहिरबाट ठुलो आक्रमण र जोखिम थियो । त्यो भिडमा हजारौं मान्छे थिए । को को थिए मैले चिन्ने कुरा भएन ।' जेलर जोशीको भनाई उदृत गर्दै स्रोत सिधाकुरासँग भन्यो, 'त्यसपछि त्यो भिड नियन्त्रणका लागि हाम्रो आग्रहमा  रवि जी जेल परिसरको चौतारोसम्म आएर शान्त रहन र जेलमा आक्रमण नगर्न आग्रह गर्नुभयो । उहाँकै कारण जेल बच्यो । उहाँलाई धन्यवाद दिनुपर्छ ।'

बयानका क्रममा जेलर जोशीले देशभरको सुरक्षा व्यवस्था फेल भइसकेको अवस्थामा नख्खु कारागारले पनि आवश्यक थप सुरक्षा प्रबन्ध गर्न नसक्दा जेलबाट कैदी बन्दीहरु निस्कने अवस्था बनेको पनि बयानमा उल्लेख गरेको स्रोतले सिधाकुरालाई बतायो । 

रविलाई बाहिर निस्कन बनाएको पत्रमा आफैँले हस्ताक्षर गरेको पनि जेलर जोशीले बयानमा बताएको स्रोतको दाबी छ ।

'देशैभर आक्रमण र आगलागी सुरु भएपछि कारागारमा पनि  असुरक्षा बढ्यो । त्यसपछि जिल्ला प्रशासन र गृहमन्त्रालयसँग सुरक्षा मद्दतका लागि पटक(पटक आग्रह गरेँ । तर सहयोग उपलबध भएन', जेलर जोशीको भनाई उदृत गर्दै जाँचबुझ आयोग स्रोतले सिधाकुरासँग भन्यो, 'त्यसपछि परिवारको जिम्मा लगाउने प्रक्रिया पनि सुरु गरेका थियौं । त्यसै क्रममा 
उहाँलाई पनि बाहिर जान भनिएको हो  तर आधिकारीक पत्रबिना बाहिर जान्न भन्नुभयो । बाहिरको माहोल र जलिरहेको देशको अवस्थाका कारण मैले एउटा पत्रमा हस्ताक्षर गरेको हुँ। व्यहोरा हेरेको थिइन। ज्यान जोगाउनै मुश्किलको अवस्था थियोे ।'

जाँचबुझ आयोगकाअनुसार आइतबार आयोगका अध्यक्षसहितको टोली नख्खु कारागारको स्थलगत निरिक्षणामा पनि पुगेको थियो । सोक्रममा पनि जेलर जोशीले स्थलगत घटनाक्रम खुलाउँदै रविकै कारण जेल बचेको बताएको एक सदस्यले बताए । आयोग स्रोतकाअनुसार जेलरको बयानबारे बाहिर गरिएको हल्लामा सत्याता कम छ । 

रविसँग आज सोधपुछ 

जाँचबुझ आयोगले आज रास्वपा सभापति रवि लामिछानेसँग पनि सोधपुछ गर्दैछ । आयोग स्रोतका अनुसार दिउँसो १ उनलाई आयोगमा उपस्थित हुन पत्राचार गरिएको छ । उनीसँग नख्खुमा उक्त दिन के भएको थियोे भन्नेबारे सोधपुछ गरिने छ । 

'सिंहदरबारस्थित आयोगको कार्यालयमा उहाँलाई उपस्थित गराउन कारागार प्रशासनलाई पत्राचार गरिएको छ ।'  आयोग स्रोतले भन्यो, 'उहाँसँग २४ गते नख्खुमा भएको के थियो ? उहाँ कारागारबाट बाहिर निस्कने परिस्थिति कसरी बन्यो बनी सोधनी हुनेछ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टिपर दुर्घटनामा एक जनाको मृत्यु

टिपर दुर्घटनामा एक जनाको मृत्यु

बा५ ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

“अदालतको फैसला वा आदेशको परोक्ष रूपले पालना नगर्ने कार्यले स्वेच्छाचारिताको प्रवर्द्धन गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “अदालतको आदेश वा फैसला अक्षरसः पालनाका लागि अनुरोध गर्दै अदालतप्रतिको आस्थामा आँच आउने...
भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो ।