नेभिगेशन
समाज

रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

कुलमान घिसिङ्ग राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल हुँदा उनको स्थान विशेष र सम्मानजनक हुने सन्देश वाग्लेले कुलमानलाई प्रत्यक्ष दिई सकेका छन् ।

काठमाडौँ । गत असोज दोस्रो साता बजारमा एकाएक रास्वपाको नेतृत्वबाट रवि लामिछानेलाई अलग्याउने चर्चा चुलियो । खासगरी काठमाडौँ महानगरका मेयर बालेन शाहको प्रस्ताव भन्दै रास्वपाको सभापतिबाट रवि हट्नुपर्ने र हालका उर्जा मन्त्री कुलमान घिसिङलाई सभापति बनाएर निर्वाचनमा जाने भन्ने विषयमा घनिभुत बार्ता र छलफल भइरहेको भन्दै खबरहरु फैलाइए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसरी बन्ने राजनीतिक शक्तिलाई बालेनले पनि सघाउने र बाबुराम भट्टराई,गोपी हमालदेखि हर्क साम्पाङ लगायत लाई समेत समेट्ने दाबीहरु पनि बाहिरीए । बजारको हल्लाले रास्वपालाई पिरोल्न थाल्यो । देश तथा विदेशमा रहेका हजारौ नेता कार्यकर्ता रविलाई पार्टीबाट हटाउन छलफल भएको भन्ने कुराले निरास भए । 

Extreme Energy
citizen life

त्यो निराशा उनीहरुले सार्वजनिक रुपमै पोखे । उनीहरुले भने, ‘रवि बिनाको रास्वपाको परिकल्पना मात्रै गर्यौ भने अहिलेका नेतृत्व र नेता सबै बहिष्करणमा पर्छौ । रविले जे चिन्ह र जो मान्छेलाई भोट हाल भन्छन् हामी त्यही उभिन्छौँ । त्यही भोट हाल्छौँ । ’

बजारमा चर्चा भइरहेको एउटा प्रायोजित हल्ला र अर्को रास्वपाका नेता कार्यकर्ता नै खबरदारीमा उभिँदासम्म पार्टीलाई यो सबै घटनाबारे जानकारी नभएको रास्वपाका एक जिम्मेवार नेताले सिधाकुरालाई बताए । जेनजी आन्दोलन पछि वैकल्पिक राजनीतिक शक्तिहरु एक हुुन र आन्दोलनको उपलब्धि संस्थागत गर्ने कुरामा रास्वपा स्पष्ट छ । र यसै विषयमा छलफल गर्न पार्टीले दुुई वटा संयन्त्र बनाएको सो पार्टीले जनाएको छ । 

एक उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको उच्चस्तरीय संवाद समिति छ भने अर्को पुकार बमसहितका केन्द्रिय सदस्यहरु रहेको कार्यदललाई बार्ता र छलफल गर्न पार्टीले म्याण्डेट दिइएको ति नेता बताउँछन् । तर, त्यो कार्यदलले रवि बिनाको रास्वपाबारे कसैसँग छलफल र बार्ता नै नगरेको उनको भनाई छ । 

‘खासमा रास्वपा संगठित र यही राजनीतिक प्रणालीमा होमिएर पाको भएको वैकल्पिक राजनीतिक शक्ति हो । र यो शक्ति रविको बलबुँताले कल्पना र सृजना गरेको हो ।’ ति नेता भन्छन्,‘तर, एकाएक बजारमा रवि बिनाको रास्वपा बनाउने भनेर भ्रमक प्रचार नियोजित रुपमा फैलाइयो ।’ 

उनकाअनुसार रास्वपाको नेतृत्व र भावनामाथि यस अघि देखि नै घेराबन्दी र आक्रमण गरेकाहरु यो खेलमा लागेका थिए । यसलाई चिर्नु पर्ने थियो र असोज २४ गते सकिएको केन्द्रिय समित बैठक पछि पत्रकारसँग कुरा गर्दैै उपसभापति डा स्वर्णिम वाग्लेले रास्वपाले सभापति आयात गर्दैन भन्ने बोल्ड अभिव्यक्ति दिए । 

उनकै अभिव्यक्तिमा अर्की केन्द्रिय सदस्य शोविता गौतमले पनि पनि हो मा हो मिलाइन । स्वर्णिम र शोविताको अभिव्यक्तिले प्रयोजित हल्ला गर्नेहरुको मुखमा तत्काललाई बुझो त लाग्यो । तर,फेरि केही दिन पछि पुनः त्यही समूहले बालेन, कुलमान, गोपी सहितको रास्वपा बनाउन नदिन स्वर्णिम वाग्ले लगायतका नेताहरु लागेको भन्दै बजार हल्ला चलायो । 

बालेन र कुलमानको नाममा छद्म समूहको मनपरी 

बजारमा एकोहोरो हल्ला पछि बालेनसँग नजिक रहेका र आफूलाई बालेनले मान्छ भन्ने दाबी गर्ने मानिसहरु रास्वपाको सम्पर्कमा पुगेको रास्वपाका नेताहरु बताउँछन् । तिनीहरुको भनाई उदृत गर्दै एक रास्वपा नेताले सिधाकुरालाई बताएअनुसार उनीहरु आफैं बालेन हो भने जसरी कुलमान लगायतका नेताहरुको ठेक्का लिएर रविले सोच्नुपर्ने धारणा राखिरहेका थिए । 

बजारमा फरक हल्ला चलाएर रास्वपामाथि दबाब थोपरे पछि उनीहरुले संवाद सुरु गरेको ति नेता बताउँछन् । ‘कुलमानलाई अघि सारौँ । बालेनको साथ रहन्छ, विवेकशिल पनि यहीँ जोडिन्छ । अहिलेका जेनजी, गोपी सबै अटाउँछन् तर रविले सभापति छोड्नुु पर्यो भन्ने कुरा भयो, ति नेता भन्छन् ‘नत्र उहाँहरुले अर्को शक्ति बनाउँछौँ भन्ने धम्की पनि दिनुभयो ।’

त्यो समूहबारे रास्वपाले समय आएपछि मुुख खोल्ने नेताहरु बताउँछन् । यस पछि नेताहरु सो समूहसँग सम्पर्कमा भएको तर आशावादी भने नदेखिएको एक सचिवालय सदस्यले बताए । सो समूह आफैं प्रतिरक्षात्मक अवस्थामा रहेको र रास्वपालाई पनि क्षयकरण गर्ने मनसायमा देखिएको रास्वपाको बुुझाई छ ।   

उच्चस्तरीय संवाद भाँड्न प्रायोजित हल्ला

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले पछिल्लो एक वर्ष देखि विभिन्न फोरममा सबै वैकल्पिक र राम्रा मान्छेहरुसहितको रवि नेतृत्वको रास्वपा बन्ने र त्यसैले निर्वाचनबाटै दुई तिहाईको बहुमत ल्याउने बताउँदै आएका छन् । 

उनले यो सबै उपलब्धिका लागि भित्रि छलफल र बार्ताहरु नजिता उन्मुख रहेको र जनताले छिट्टै थाहा पाउने बताउँदै आएका थिए । तर, भित्रि चुरो कुरा चर्चामा आएको थिएन । भारतको मुम्बाई, क्यानडा र भक्तपुरमा भएको कार्यकर्ता भेलामा पनि उनले यो विषय खुल्ला रुपमा बोलका पनि छन् । 

यसको संकेत थियो रास्वपा नेतृत्व सबै वैकल्पिक शक्तिसँग नियमित र उच्चस्तरीय संवादमा छ । पार्टीले उच्चस्तरीय राजनीतिक सम्वाद गर्ने जिम्मा तोकेपछि उपसभापति वाग्लेले गरेको र भएको प्रगति पनि यहि थियो । 

विभिन्न फोरमहरुमा कार्यवाहक सभापति डीपि अर्यालले पनि देशको नेतृत्व गर्नेगरी रास्वपा वैकल्पिक शक्तिहरुसँग समन्वयमा रहेको बताउँदै आएका छन । पार्टी सभापति रवि लामिछानेसँगको समन्वयमा कार्यबाहक सभापति डीपी अर्याल र उपसभापति डा स्वर्णिम वाग्ले विभिन्न राजनीतिक शक्ति र समूहसँग नियमित सम्बाद र छलफलमा थिए ।

त्यो छलफल र सम्वादहरु नतिजा उन्मुख बन्दै गएपछि बजारमा त्यसलाई भाँड्न अनेक प्रयत्न भएको रास्वपा नेताहरु बताउँछन् । रास्वपा बलियो बनाउन पार्टीमा साधारण सदस्य भएर बस्न राजी भएको नेता र नेतृत्वमाथि भ्रम सृजना गर्न यस्तो प्रचार गरिएको हुनसक्ने नेताहरुको आँकलन छ ।

रास्वपा नेताहरुका अनुसार रवि सहितको रास्वपाका लागि हालका उर्जामन्त्री कुलमान घिसिङ र उनको ‘उज्यालो’ अभियानसँग रास्वपा निकै नजिकको संवादमा छ । कुलमानसँग उपसभापति वाग्ले संवादमा छन् । बालेनसहितका अन्य वैकल्पिक शक्तिहरु पनि रास्वपा नेतृत्वसँग संवाद गरिरहेको सो पार्टीका एक सचिवालय सदस्यले सिधाकुरालाई बताए ।  
 
कसरी कसिदैछ रास्वपा–कुलमान सम्बन्ध

गत असोज २९ गते राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय वैठकमा उपसभापति डा.स्वर्णिम वाग्लेले कुलमान घिसिङ र रास्वपाको बार्ताबारे पहिलो पटक पार्टीमा ब्रिफिङ गरेका थिए । डा वाग्लेले वर्तमान नागरिक सरकारका ऊर्जा, भौतिक एवं शहरी विकास मन्त्री  कुलमान घिसिङ्गसँग घ् घण्टा घनिभुत छलफल गरेको र छलफल सकारात्मक रहेको बताएको एक सचिवालय सदस्यले सिधाकुरालाई बताए । 

नयाँ शक्तिहरुबीचको सम्भावित ध्रुविकरणबारेको खास पार्टीको धारणा र छलफल यही नै भएको र त्यसको प्रारूपबारे पार्टी नेतृत्व आशावादी बनेको ति नेताले सिधाकुरालाई बताए । तिहारअघि चाबहिलको एक अज्ञात स्थानमा मन्त्री घिसिङ्ग र डा. स्वर्णिम वाग्लेबीच मध्यरातसम्म तीन घण्टा संवाद भएको पुष्टि रास्वपाका अर्का एक सचिवालय सदस्यले  पनि सिधाकुरासँग गरे । 

उनका अनुसार सो भेटमा कुलमानको भावी भूमिका र निर्वाचन केन्द्रित तयारीबारे सकारात्मक ढंगले वार्ता अघि बढेको छनक आफुले पाएको ति सदस्य दाबी गर्छन् । उनकाअनुसार कुलमान घिसिङ्ग राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल हुँदा उनको स्थान विशेष र सम्मानजनक हुने सन्देश वाग्लेले कुलमानलाई प्रत्यक्ष दिई सकेका छन् । सो अवस्थामा सुशासनको बिम्व ‘उज्यालो’ नै कुलमान र रास्वपा जोडिने रसायन बन्न सक्ने आंकलन एक जना सचिवालय सदस्यको छ । 

वार्तामा कुुलमान सकारात्मक भएको र उनले पद भन्दा पनि बलियो वैकल्पिक शक्ति निर्माणको लागि वातावरण बनाउनु महत्वपूर्ण भएको धारणा राखेको ति नेता बताउँछन् ।  यसबारे उपसभापति वाग्लेसँग सम्पर्क गर्दा उच्चस्तरीय संवाद समितिको संयोजकको भूमिकामा आफुले धेरैजनासँग भेटेको र सबै कुराकानीको सार परिपक्वता र गोपनीयताका दृष्टिले बाहिर ल्याउन मिल्ने चरणमा पुगि नसकेको बताए ।

‘उच्चस्तरीय संवाद समितिको संयोजकको भूमिकामा मैले धेरै जनासँग भेटेको छु’ उपसभापति वाग्लेले सिधाकुरासँग भने ‘सबै कुराकानीको सार परिपक्वता र गोपनीयताका दृष्टिले बाहिर ल्याउन मिल्ने चरणमा पुगि सकेको छैन ।’ 

रास्वपा नेताहरुका अनुुसार रास्वपालाई बलियो शक्ति बनाउन रविको नेतृत्वमा बाँकी शक्ति र समूह अटाउने अवस्था बनेमा अन्य नेता र उनीहरुको हैसियत साधारण सदस्यमा कायम गर्न पनि सबै जसो नेताहरु खुला देखिएका छन् । 

कुलमान र स्वर्णिमको राजनीतिक संबाद भएको कुलमान निकट स्रोतले पनि पुुष्टि गर्यो । ‘राजनीतिक कुराकानीका लागि भेट भएको हो । मध्यरात तीन घण्टा कुुनै ठाउँमा छलफल भएको थियो । स्रोतले सिधाकुरासँग भन्यो । 

सम्भावित बृहत्तर मोर्चा र रास्वपाको बटमलाइन

कुुलमानको नाम लिएर अन्य पक्षले रास्वपासँग बार्गेनिङ सुरु गरेपछि रास्वपाले कुलमानसँग कुरा गर्न तेस्रो पक्ष नचाहिने सन्देश स्पष्टसँग दिएको छ ।  रास्वपाले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने पार्टीको नीति रहेको र त्यसमा कुलमानसंगको बार्ता लगभग निश्कर्षमा पुगिसकेका कारण अन्य शक्तिहरुले पनि रास्वपाका निश्चित सर्त मान्न अनिवार्य भएको सो पार्टीको धारणा छ । 

रास्वपा र कुलमानको विषयलाई छोडेर अन्य शक्तिहरु पनि रास्वपा र कुलमानको शक्तिमा अटाउन रास्वपा भित्रको शक्ति सन्तुलन खल्बलिने विषय अन्य शक्तिले छोड्नुपर्ने रास्वपा नेताहरु बताउँछन् । 

अर्थात रास्वपामा रवि र उनी पछिका उपसभापतिहरुको समझदारी बलियो र सुमधुर रहेको, संस्थापक सभापतिको रुपमा रवि लामिछानेको वरियता सधैं एक नम्बरमा रहने कुरा निर्विवाद राख्दै, रविमाथि एमाले–कांग्रेसले ठुलो प्रतिशोध साँधेको तथ्य स्थापित भएको र उनी कानूनको नजरमा दोषी नभएको अवस्थामा उनको पदीय व्याख्या बाहिरबाट थोपर्नु घोर अराजनीतिक, अनैतिक र अस्वीकार्य कदम हुने पार्टीले जनाएको छ । 

यस्तै, पुराना दलको विकल्पमा नयाँहरुको गठजोडमा रास्वपा सहभागी मात्र होइन मियो नै भएको भन्दै रास्वपाले पार्टीको देशव्यापी संजाल, संसदमा जेनजी पुस्तालाई लगेर दिक्षीत गरिसकेको एकमात्र स्थापित राष्ट्रिय दल भएकाले पार्टीको चुनाव चिन्ह घण्टी र नाम परिवर्तन गर्न नसकिने पनि रास्वपाले स्पष्ट पारेको छ । 

बालेन र उनको समूह, जेनजीका प्रतिभाशाली नवयुवाहरु, वर्तमान संचार मन्त्री जगदीश खरेल सहित पुरानो विवेकशील दलमा खारिएका असल पात्रहरु, बाबुराम भट्टराईको दलमा रहेका समावेशी अनुहारहरुलाई समेत स्थान दिएर वृहत मोर्चा वा अभियान अघि बढाउन सकिनेबारे रास्वपा नेतृत्व खुला रहेको नेताहरु बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री कार्यालयमा गुनासाे पुगेपछि म्यानपावरमा छापा: ४ सय बढी पासपाेर्ट सहित ८ लाख नगद बरामद

प्रधानमन्त्री कार्यालयमा गुनासाे पुगेपछि म्यानपावरमा छापा: ४ सय बढी पासपाेर्ट सहित ८ लाख नगद बरामद

छापाका क्रममा कार्यालयबाट ४३७ वटा राहदानी (पासपोर्ट) र  सात लाख ९० हजार नगद बरामद भएको जनाइएको छ । बरामद नगदको कुनै रसिद फेला नपरेको यादवले जानकारी दिए ।...
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी

सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी

सरकारले पनि पूर्व विशिष्टहरुले प्रयोग गर्दै आएको सुविधा फिर्ता गर्न आग्रह गरेको थियो । साथै गृहमन्त्रालयले पूर्व विशिष्टहरुलाई समेत कानुन बाहिरको सुविधा फिर्ता गर्न आग्रह गरेको थियो । ...
प्रधानन्यायाधीश सिफारिसका विषयमा नेपाल बारले के भन्यो ?

प्रधानन्यायाधीश सिफारिसका विषयमा नेपाल बारले के भन्यो ?

विज्ञप्तिमा अध्यादेशको अस्थायी अभ्यासलाई नियमित राजनीतिक औजारका रूपमा प्रयोग गर्नु लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक परम्परा विपरीत भएको उल्लेख गरिएको छ। साथै, यस्तो कार्यले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबिचको शक्ति...
रामकृष्ण ढकालले साइबर ब्युरोमा दिए उजुरी

रामकृष्ण ढकालले साइबर ब्युरोमा दिए उजुरी

ढकालले आफ्नो मानहानी हुने गरी सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै इमेलमार्फत ब्युरोमा उजुरी दिएका हुन्।