नेभिगेशन
समाज

भारतमाथि कारबाही गर्न पाकिस्तानले सेनालाई दियो अघिकार

काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको आक्रमणपछि बोलाइएको पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको आपतकालीन बैठकले सशस्त्र बललाई सम्बन्धित कारबाही गर्न अधिकार दिएको छ । बुधबार इस्लामाबादमा प्रधानमन्त्री शेहबाज शरीफको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले पाकिस्तानले आफ्नो समय, स्थान र तरिकाले जवाफ दिने अधिकार सुरक्षित राखेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकपछि प्रधानमन्त्री निवासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको बडापत्र अनुसार, पाकिस्तानले निर्दोष पाकिस्तानी जीवनको क्षति र आफ्नो सार्वभौमसत्ताको स्पष्ट उल्लंघनको बदला लिन आफ्नो रोजाइको समय, स्थान र तरिकामा आत्मरक्षामा प्रतिक्रिया दिने अधिकार सुरक्षित राख्छ । पाकिस्तानको सशस्त्र बललाई यस सम्बन्धमा उपयुक्त कारबाही गर्न औपचारिक रूपमा अधिकार दिइएको छ।’

Ncell
Extreme Energy

बैठकले अन्तर्राष्ट्रिय समुदायलाई भारतको गैरकानूनी कार्यहरूको गम्भीरतालाई स्वीकार गर्न र अन्तर्राष्ट्रिय मान्यता र कानूनको स्पष्ट उल्लङ्घनको लागि जवाफदेही बनाउन आह्वान समेत गरेको छ । त्यस्तै बैठकले भारतीय आक्रमण मृत्यु भएकाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै आक्रोशित पाकिस्तानी राष्ट्रले सशस्त्र सेनाको बहादुरी र साहस र मातृभूमिको रक्षामा उनीहरूको समयमै कारबाहीको उच्च कदर समेत गरेको छ । 
–एजेन्सी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
बाढीले थुपारेको भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड लाग्ने

बाढीले थुपारेको भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड लाग्ने

भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँशी पर्व मनाउँदैछन् । यस दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ ।
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।