नेभिगेशन
मुख्य समाचार

बालमन्दिर जग्गा प्रकरणः उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदिसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

काठकाडौँ । नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

मुद्दा दर्ता हुनेहरुमा गणेशमान सिंहकी छोरी तथा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह, नेपाल बाल संगठनकी तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, नेपाल बाल संगठनकी तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, कृष्ण शंकर साह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, प्रचण्ड राज प्रधान, राम काजी गुरुङ कोने, योगेन्द्र बहादुर शाही, दिपकदास श्रेष्ठ, प्रविण राज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा संघाई रहेका छन् । 
त्यस्तै अन्य ३ जना भारतीय नागरिकविरुद्ध पनि मुद्दा चलाइएको छ । जसमा भारत घर भएका बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लिका संचालक अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्ति प्रसाद पाण्डेय रहेका छन् । 

CG

balmandir-jagga-ma-mudda-1746623606.jpg
 

ठगी मुद्दामा उनीहरुबाट ६० करोड बढी मागदाबी गरिएको छ । 

यसअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्नलाई मुद्दा नचलाउने निर्णय गरे पनि महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । 

जिल्ला सरकारी वकिल कार्यालयले ठगी मुद्दा चलाउन मिसिलमा संलग्न आधार प्रमाणबाट नमिल्ने भन्दै निर्णय गरेको थियो । उक्त निर्णय सम्बन्धी प्रतिवेदन माघ ९ गते उच्च सरकारी वकिल कार्यालयमा पेस भएको थियो । उच्चले पनि उक्त प्रकरणमा मुद्दा नचलाउने निर्णय सदर गरेर रायसहितको प्रतिवेदन महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो ।

उक्त प्रतिवेदन अध्ययनपश्चात् सो प्रकरणमा संलग्न १७ जनामाथि मुद्दा चलाउने निर्णय भएको हो । 

सीआईबीको अनुसन्धान र बाल मन्दिरको जाहेरीको आधारमा प्रचण्ड प्रधानमन्त्री र रवि लामिछाने गृहमन्त्री भएको बेला उनीहरूमाथि अनुसन्धान अघि बढेको थियो । तर, असार तेस्रो साता प्रचण्ड नेतृत्वको सरकार ढलेपछि काँग्रेस र एमाले मिलेर सरकार बनाए ।

बालमन्दिर जग्गा प्रकरणमा सीआईबीका तत्कालीन प्रमुख एआईजी श्याम ज्ञवालीले गणेशमान पुत्री एवम् हालका उपप्रधानमन्त्री  प्रकाशमान सिंहकी दिदी सहित २० जना विरुद्ध २०८१ वैशाख २७ गते पक्राउ पुर्जी जारी गरेका थिए ।  

केपी शर्मा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री भए भने बालमन्दिर जग्गा घोटलाकी प्रमुख आरोपित बालमन्दिरकी सदाबहार अध्यक्ष रिता सिंहका दाजु प्रकाशमान सिंह उपप्रधान एवम् सहकारी विकास मन्त्री भए । 

सो सरकारले सीआइबी प्रमुखबाट श्याम ज्ञवालीलाई हटाएर उनीमाथि नै छानबिन गर्यो । ज्ञवाली हटाएर सीआईबी आएका दीपक थापाले अघिल्लो नेतृत्वले सुरु गरेको अनुसन्धान फितलो बनाएर मुद्दा बुझाएका थिए । त्यस्तै त्यस अगावै पक्राउ पुर्जी जारी भएका २० जना विरुद्ध नै मुद्दा नचल्ने निर्णय भएको सीआईबीले जनाएको थियो । 

बि.स. २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल सङ्गठन अर्थात् बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो । देशभरका अनाथ बालबालिकाको सरकारले संरक्षण गर्न भन्दै बनाइएको सङ्गठन र दिइएको जग्गा बालमन्दिर सञ्चालन समितिले व्यापारीलाई कौडीको भाउमा दिएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँको टुँडीखेलमा दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने

काठमाडौँको टुँडीखेलमा दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजन तथा ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा यही पुस ३० र आगामी माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सवको आयोजना हुने भएको...
निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौतीः सचिव राउत

निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौतीः सचिव राउत

आयोगका सचिव राउतले निर्वाचन कार्यक्रमअन्तर्गत माघ २ गते निर्वाचन अधिकृत कार्यालयको स्थापना हुने जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयलाई ३७ प्रकारका निर्वाचन सामग्री खरिदका लागि अख्तियारी दिइसकिएको बताउँदै...
निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी

राजनीतिक दलका उम्मेद्वारले अरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे भन्दै दोष देखाएर आफूले नै बढी आचारसंहिता पालना नगर्ने गरेकाले यसतर्फ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यान जानुपर्ने बताए...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

सोमबार ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१...

भर्खरै