नेभिगेशन
समाज

अर्थमन्त्री विष्णु पौडेललाई उद्योगीले रवि लामिछानेले जस्तै गम्भीर भएर बर्तमान सरकारले पनि काम गर्नुपर्यो भनेपछि...

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीहरु शुक्रबार आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव बोकेर अर्थ मन्त्रालय पुगेका थिए । सो क्रममा उनीहरुले अर्थमन्त्रीलाई आगामी १० वर्ष नीतिगत स्थितरता हुने सुनिश्चितता गर्न, कच्चा पदार्थमा लाग्ने भन्सार दर कम गर्न, मदिरा तथा सूर्तीजन्य पदार्थमा कर बढाउँदा चोरी पैठारी बढ्ने र राजस्वसमेत प्रभावित हुनेतर्फ सचेत हुन लगायत बिभिन्न विषयमा सुझाव दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थमन्त्रीसँगको उक्त छलफलमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा पनि थिए । उनले सरकार गम्भीर भएर लाग्ने हो भने चोरी पैठारी पूर्ण रुपमा रोक्न सकिने रहेछ भन्ने देखिएको बताए । उनले यसको उदाहरण रवि लामिछाने गृहमन्त्री भएको समयको दिए ।  ‘म विशुद्ध उद्योगी–व्यापारी हुँ। मलाई कुनै दल विशेषको पक्षपोषण र राजनीतिक लाभ–हानीको कुरा गर्नु छैन। रवि लामिछानेले गृहमन्त्री भएको समयमा भन्सार नाकाबाट हुने चोरी पैठारी पूर्णरुपमा बन्द भएको थियो ।’  शारडाले भने, ‘नेतृत्वमा प्रतिवद्धता र इच्छाशक्ति भए परिणाम दिन सकिँदो रहेछ भन्ने उदाहरणलाई वर्तमान सरकारले पनि गम्भीर रुपमा लिनुपर्यो।’  

Ncell
Extreme Energy

लामिछाने दुईपटक गरी करीव पाँच महिना उपप्रधान एवं गृहमन्त्री भएका थिए । सो समयमा चोरी पैठारी बन्द भएको, भन्सार नाकामा हुने अनियमितता रोकिएको र प्रहरीको सक्रियता बढेको भन्दै निजी क्षेत्रका विभिन्न संघ–संस्थाले मन्त्रालय पुगेरै धन्यवाद दिएका थिए ।  

सो क्रममा सीएनआईले मदिरा तथा सूर्तीजन्य पदार्थमा कर बढाउँदा चोरी पैठारी बढ्ने र राजस्वसमेत प्रभावित हुनेतर्फ सचेत हुन सुझाव दिएको छ। चोरी पैठारीले स्वदेशी उद्योगलाई निकै मर्का परिरहेको र यसबाट सरकारले राजस्वसमेत गुमाइरहेकाले भन्सार नाकाबाट हुने अनियमितता र भन्सार नाका बाहिरबाट भइरहेको अनधिकृत आयात नियन्त्रणका लागि अन्तर सरकारी समन्वय प्रभावकारी बनाउनु पर्नेमा पनि जोड दिएको थियो। 

अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मनोबल उच्च बनाउँदै उत्पादकत्व बढ्ने गरी बजेट ल्याउने आश्वाशन दिएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन...
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २४ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।