नेभिगेशन
समाज

अर्थमन्त्री विष्णु पौडेललाई उद्योगीले रवि लामिछानेले जस्तै गम्भीर भएर बर्तमान सरकारले पनि काम गर्नुपर्यो भनेपछि...

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीहरु शुक्रबार आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव बोकेर अर्थ मन्त्रालय पुगेका थिए । सो क्रममा उनीहरुले अर्थमन्त्रीलाई आगामी १० वर्ष नीतिगत स्थितरता हुने सुनिश्चितता गर्न, कच्चा पदार्थमा लाग्ने भन्सार दर कम गर्न, मदिरा तथा सूर्तीजन्य पदार्थमा कर बढाउँदा चोरी पैठारी बढ्ने र राजस्वसमेत प्रभावित हुनेतर्फ सचेत हुन लगायत बिभिन्न विषयमा सुझाव दिए । 

अर्थमन्त्रीसँगको उक्त छलफलमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा पनि थिए । उनले सरकार गम्भीर भएर लाग्ने हो भने चोरी पैठारी पूर्ण रुपमा रोक्न सकिने रहेछ भन्ने देखिएको बताए । उनले यसको उदाहरण रवि लामिछाने गृहमन्त्री भएको समयको दिए ।  ‘म विशुद्ध उद्योगी–व्यापारी हुँ। मलाई कुनै दल विशेषको पक्षपोषण र राजनीतिक लाभ–हानीको कुरा गर्नु छैन। रवि लामिछानेले गृहमन्त्री भएको समयमा भन्सार नाकाबाट हुने चोरी पैठारी पूर्णरुपमा बन्द भएको थियो ।’  शारडाले भने, ‘नेतृत्वमा प्रतिवद्धता र इच्छाशक्ति भए परिणाम दिन सकिँदो रहेछ भन्ने उदाहरणलाई वर्तमान सरकारले पनि गम्भीर रुपमा लिनुपर्यो।’  

लामिछाने दुईपटक गरी करीव पाँच महिना उपप्रधान एवं गृहमन्त्री भएका थिए । सो समयमा चोरी पैठारी बन्द भएको, भन्सार नाकामा हुने अनियमितता रोकिएको र प्रहरीको सक्रियता बढेको भन्दै निजी क्षेत्रका विभिन्न संघ–संस्थाले मन्त्रालय पुगेरै धन्यवाद दिएका थिए ।  

सो क्रममा सीएनआईले मदिरा तथा सूर्तीजन्य पदार्थमा कर बढाउँदा चोरी पैठारी बढ्ने र राजस्वसमेत प्रभावित हुनेतर्फ सचेत हुन सुझाव दिएको छ। चोरी पैठारीले स्वदेशी उद्योगलाई निकै मर्का परिरहेको र यसबाट सरकारले राजस्वसमेत गुमाइरहेकाले भन्सार नाकाबाट हुने अनियमितता र भन्सार नाका बाहिरबाट भइरहेको अनधिकृत आयात नियन्त्रणका लागि अन्तर सरकारी समन्वय प्रभावकारी बनाउनु पर्नेमा पनि जोड दिएको थियो। 

अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मनोबल उच्च बनाउँदै उत्पादकत्व बढ्ने गरी बजेट ल्याउने आश्वाशन दिएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।