नेभिगेशन
समाज

“गाजामा भोकमरीको भयावह सङ्कट, लाखौं जनसङ्ख्या अत्यन्त जोखिममा ”

गाजामा भोकमरी र कुपोषणका कारण स्थिति अत्यन्त गम्भीर बन्दै गएको छ । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार हरेक १० हजार जनामा कम्तीमा पाँच वर्षमुनिका चार जना बालबालिकाको दैनिक रूपमा मृत्यु भोक, कुपोषण तथा रोगको संयुक्त असरका कारण भइरहेको देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिवेदनले गाजाको करिब २२ प्रतिशत जनसङ्ख्या करिब चार लाख सतहत्तर हजार मानिस पूर्ण रूपमा भोकमरीको चरम अवस्थामा रहेको जनाएको छ । साथै, थप एक करोड जनसङ्ख्या पनि अत्यन्त गम्भीर खाद्य अभावमा छन्, जसले उनीहरूलाई गम्भीर कुपोषणको जोखिममा पुर्याएको छ ।

Ncell
Extreme Energy

सहायता अभावका कारण स्थिति गम्भीर

मानव कल्याणमा संलग्न संस्थाहरूका अनुसार हाल गाजा क्षेत्रको अवस्था युद्धको सुरुदेखिको सबैभन्दा गम्भीर अवस्थामा पुगेको छ । संयुक्त राष्ट्र सङ्घको मानवीय सहायता निकायले पोषण उपचारको खोजी गर्ने बालबालिकाको सङ्ख्या फागुन यता दोब्बर भएको जनाएको छ । तर, उपचारमा प्रयोग हुने सामग्री छिटो सकिँदै गएको छ ।

खाद्यान्नको अभावले धेरै सहायता संस्थाहरूले वितरण कार्यक्रमहरू बन्द गरिसकेका छन् । बजारमा आवश्यक खाद्य वस्तुहरू अत्यन्त महँगो भइसकेका छन्, जसले गर्दा साधारण नागरिकका लागि खरिद गर्न असम्भव भएको छ । खेतीयोग्य भूमि प्रायः नष्ट भइसकेको अवस्थामा पुगेको छ । इन्धनको अभावले पानी आपूर्ति पनि लगभग बन्द हुने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँशी पर्व मनाउँदैछन् । यस दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ ।
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...