नेभिगेशन
समाज

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दा आज पनि हेर्न नमिल्नेमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा आज पनि हेर्न नमिल्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको मुद्दा आज पनि हेर्न नमिल्ने भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त मुद्दा आइतबार पनि हेर्न नमिल्नेमा परेको थियो । उक्त दिन न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा तोकिएको थियो । न्यायाधीश हुनुअघि सुनिलकुमार पोखरेलले रविकै तर्फबाट बहस गरेका कारण सो निवेदन हेर्न नमिल्ने भएको थियो । 

Ncell
Extreme Energy

लामिछाने पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेकी थिइन् । 

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो ।

तर उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्लाको आदेशलाई उल्ट्याउँदै गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रातीनै  पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो । दुई दिन रुपन्देहीमा हिरासतमा राखेपछि चैत २५ गते मात्रै अदालतमा पेस गरेर लामिछानेलाई कारागार चलान गरिएको थियो ।

लामिछानेलाई पक्राउ गर्दा प्रहरीले गैरकानुनी पक्राउ पुर्जी दिएको भन्दै लामिछानेले सर्वोच्चमा निवेदन दिएका थिए । अदालतमा मुद्दा दायर भैसकेका लामिछानेलाई प्रहरीले फेरी अदालतको आदेश अनुसार अनुसन्धानका लागि भन्दै पुर्जी थमाएको थियो ।

साथै सोहि दिन राति हिरासतमा राखिएको थियो । तर तेस्रो दिन मात्रै उच्च अदालतको आदेश अनुसार भन्दै थुनुवा पुर्जी दिएको थियो ।

रवि लामिछाने अहिले भैरहवास्थित कारागारमा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस सभापति थापाको प्रश्न– नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

कांग्रेस सभापति थापाको प्रश्न– नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

थापाले यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । त्यस्तै, घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि...
पीआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरी कारबाही सिफारिस

पीआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरी कारबाही सिफारिस

उनीहरुले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ । सूचनाअनुसार उनीहरु दुवै जना नापी अधिकृत हुन्।
सुनसरी घटनाः सबै स्थानीय सुरक्षा प्रमुख तानिए, नयाँ खटाइए

सुनसरी घटनाः सबै स्थानीय सुरक्षा प्रमुख तानिए, नयाँ खटाइए

सुनसरीको घटनालाई लिएर सरकारले सुनसरीका सुरक्षा प्रमुखदेखि कोशी प्रदेशका डीआईजीसम्मलाई काठमाडौँ तानेको छ।
नेपालमा कहाँ कहाँ बन्दैछन् सुरुङ मार्ग ?

नेपालमा कहाँ कहाँ बन्दैछन् सुरुङ मार्ग ?

गत जेठ १५ गते संसदमा बजेट पेश गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले आगामी वर्षलाई ‘सडक र सुरुङ मार्ग निर्माणमा फड्को मार्ने वर्ष’का रूपमा लिएको बताएका थिए ।...