नेभिगेशन
समाज

रविन्द्र मिश्रलाई सर्वोच्च उपस्थित गराइयो, सुनुवाई भोलि हुने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सार्वोच्च अदालत उपस्थित गराइएको छ । उनलाई शशरीर उपस्थित गराउनका लागि हिजो सर्वोच्च अदालतले आदेश दिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज सर्वोच्च लैजादा भने मिश्रको हातमा हतकडी थिएन । उनलाई अदालतको प्रक्रिया सकेर परिसर फर्काइएको छ । उनको श्रीमतिले दायर गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाई भोलि हुने भएको छ । 

Extreme Energy

उनकी श्रीमती सारिका कार्कीले रिट दायर गरेको रिटमा बुधबार सुनुवाई गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले  मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न र स–शरीर उपस्थित गराउन समेत आदेश दिएको थियो । 

मिश्रमाथि प्रहरी राज्यविरुद्धको अपराध, संगठित अपराध र आपराधिक उपद्रव सम्बन्धी अभियोगमा काठमाडौँ प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ।

मिश्रमाथि अनुसन्धान गर्न भन्दै जिल्ला अदालतले ८ पटकसम्म म्याद थप गरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र...
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...

भर्खरै