नेभिगेशन
समाज

रविन्द्र मिश्रलाई सर्वोच्च उपस्थित गराइयो, सुनुवाई भोलि हुने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सार्वोच्च अदालत उपस्थित गराइएको छ । उनलाई शशरीर उपस्थित गराउनका लागि हिजो सर्वोच्च अदालतले आदेश दिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज सर्वोच्च लैजादा भने मिश्रको हातमा हतकडी थिएन । उनलाई अदालतको प्रक्रिया सकेर परिसर फर्काइएको छ । उनको श्रीमतिले दायर गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाई भोलि हुने भएको छ । 

Ncell
Extreme Energy

उनकी श्रीमती सारिका कार्कीले रिट दायर गरेको रिटमा बुधबार सुनुवाई गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले  मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न र स–शरीर उपस्थित गराउन समेत आदेश दिएको थियो । 

मिश्रमाथि प्रहरी राज्यविरुद्धको अपराध, संगठित अपराध र आपराधिक उपद्रव सम्बन्धी अभियोगमा काठमाडौँ प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ।

मिश्रमाथि अनुसन्धान गर्न भन्दै जिल्ला अदालतले ८ पटकसम्म म्याद थप गरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गाडीमा आगलागी हुँदा चालकको मृत्यु

गाडीमा आगलागी हुँदा चालकको मृत्यु

भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कार (इभी)मा आगलागी हुँदा चालकको मृत्यु भएको छ ।
धादिङको गजुरी जरेखेतमा दुई सवारी ठोक्किँदा ५ जना घाइते

धादिङको गजुरी जरेखेतमा दुई सवारी ठोक्किँदा ५ जना घाइते

धादिङको गजुरी गाउँपालिका–६ जरेखेतस्थित पृथ्वीराजमार्गमा दुई सवारीसाधन आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् ।
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ ।

भर्खरै