नेभिगेशन
समाज

हुरीका कारण  सर्लाहीमा ६ जना घाइते

सर्लाही । शुक्रबार साँझ आएको हुरीका कारण जिल्लाका विभिन्न स्थानमा छ जना घाइते भएका छन् । हुरीका कारण घर तथा सवारी साधनमा क्षति पुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार साँझ सर्लाहीसहित तराईका विभिन्न जिल्लामा हुरी आएको थियो । हुरीका कारण कच्ची घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

Marvel
Extreme Energy

उनका अनुसार हुरीका कारण बकाइनोको रूख भाँच्चिदा बागमती नगरपालिका–२ धरहराका अन्दाजी ३८ वर्षका नवराजराय क्षेत्री घाइते भएका छन् । उनको ढाडमा चोट लागेको छ । घाइते क्षेत्रीलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । बारीमा काम गरिरहँदा एक्कासी आएको हुरीले बकाइनोको रूख भाँचिएको थियो । 

हुरीले उडाउँदा हरिपुर्वा नगरपालिका–६ निवासी ५० वर्षकी सुमीदेवी घरको छतबाट लडेर घाइते भएका छन्। उनको हात, मुख र आँखामा चोट लागेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । 

हुरीका कारण रुखको हाँगा भाँचिएर लाग्दा यहाँको हरिवन नगरपालिका–५ घुर्कोली निवासी १८ वर्षका बलिराम महतो र ५२ वर्षका गङ्गाराम महतो पनि घाइते भएका छन् । उनीहरुलाई हरिपुर नगरपालिका–२ सानो जगतपुरस्थित भित्री सडक खण्डमा मोटरसाइकल चलाइरहेको अवस्थामा रुखको हाँगा झरेर लागेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

हुरीको उडाएको जस्ता पाताले लागेर हरिवन नगरपालिका–५, घुर्कौली निवासी ७५ वर्षकी दलेमुन खातुन घाइते भएको प्रहरीले जनाएको छ । हुरीको समयमा आफ्नै घरमा रहेको किराना पसलमा बसिरहेकी उनलाई कठघराको जस्ता उडेर लागेको थियो । उहाँको दायाँ आँखामा चोट लागेको छ । घाइते खातुनको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको हो । 

हुरीले सर्लाहीको गोडैता नगरपालिका–१२  मधुवनी गाउँको चोकमा रहेको होटलमा क्षति पुग्दा रु ६० हजार मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरीका प्रवक्ता राईका अनुसार सोही स्थान निवासी मुन्ना सिंहको जग्गामा सञ्जीव पासवानले काठ र फुसको घर बनाउनु भएको थियो । उक्त घरमा रामनगर गाउँपालिका–७, निवासी उमेश साहले भाडामा होटल सञ्चालन गरिरहेका थिए । 

हुरीले रूख लडेर च्याँपिदा हरिवन नगरपालिका–११ स्थित इलाका प्रहरी कार्यालय हरिवनको पार्किङमा रहेका तीन वटा मोटरसाइकलका क्षति पुगेको छ । रुख ढल्दा इलाका प्रहरी कार्यालयका नाममा रहेको बा एएसी ३४०९ नम्बरको मोटरसाइकल र अनुसन्धानका लागि कार्यालय परिसरमा राखिएको नम्बर नखुलेको थप दुई वटा मोटरसाइकलमा क्षति पुगेको हो । 

पूर्व–पश्चिम राजमार्गस्थित ईश्वरपुर नगरपालिका–१२ मा हुरीका कारण रूख ढल्दा सवारी दुर्घटनामा परेको छ । हावाहुरीले सडकमा ढलाएको रूख छलाउन खोज्दा बाँकेबाट लालबन्दीतर्फ आउँदै गरेको मधेस प्रदेश–०४–००१ च ०२७७ नम्बरको पिकअप गाडी सडक छेउमा पल्टिएको हो । 

दुर्घटनामा पिकअप चालक पर्सा गाउँपालिका–४ का ३५ वर्षका राजनारायण महतो घाइते हुनुभएको प्रहरीले जनाएको हो । उनको हातको आँैलामा चोट लागेको छ । घाइते महतोलाई उपचारका लागि लालबन्दीस्थित स्वास्थ्य संस्थामा राखिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घोप्टेभिरको पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने, दैनिक पाँच घण्टा आवागमन बन्द

घोप्टेभिरको पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने, दैनिक पाँच घण्टा आवागमन बन्द

माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सवारी रोकेर काम गरिएको छ ।
सुनचाँदीको मूल्य निरन्तर घट्दो, एकै दिन घट्यो साढे ६ हजार

सुनचाँदीको मूल्य निरन्तर घट्दो, एकै दिन घट्यो साढे ६ हजार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ४० कायम भएको...
भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनका अनुसार पछिल्लो ४८ घण्टामा मृत्यु हुनेको सङ्ख्या...
विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

आयोगका कानुन हेर्ने सहसचिव मानबहादुर बस्नेतका अनुसार गृह मन्त्रालयमा कानुन संशोधनका लागि पठाइएको प्रस्तावमा बाह्य (विदेशमा रहेका मतदाताको मतदान र अन्तरजिल्ला) मतदानको व्यवस्था गरिएको छ ।  बाह्य मतदानका...