नेभिगेशन
समाज

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट चाैथाे पटक हेर्न नमिल्ने न्यायाधीशकाे इजलासमा

बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको यो चौथो पटक हो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षिकरण सम्बन्धी मुद्दा आज पनि हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको छ । आज उक्त रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा परेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीश पोखरेल सम्मिलित इजलासमा परेको मुद्दा यसअघि पनि हेर्न नमिल्ने भएको थियो । 

Ncell
Extreme Energy

न्यायाधीश पोखरेल अधिवक्ता हुँदा लामिछानेका तर्फबाट अन्य मुद्दामा बहस गरेका थिए । सोही कारण उनले उक्त रिट हेर्न नमिल्ने भएको हो । 

रविको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको यो चौथो पटक हो । 

यसअघि बैशाख २८ गते आइतबार यो मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेपछि हेर्न नमिल्ने भएको थियो । त्यसको २ दिनपछि बैशाख ३० गते मंगलबार न्यायाधीशद्वय हरि फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको थियो । त्यस्तै बैशाख ३१ बुधबार न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो । र आज पनि लगातार चौथो पटक हेर्न नमिल्ने इजलासमा परेको हो । 

लामिछाने पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेकी थिइन् । 

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो ।

तर उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्लाको आदेशलाई उल्ट्याउँदै गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रातीनै  पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो । दुई दिन रुपन्देहीमा हिरासतमा राखेपछि चैत २५ गते मात्रै अदालतमा पेस गरेर लामिछानेलाई कारागार चलान गरिएको थियो ।

लामिछानेलाई पक्राउ गर्दा प्रहरीले गैरकानुनी पक्राउ पुर्जी दिएको भन्दै लामिछानेले सर्वोच्चमा निवेदन दिएका थिए । अदालतमा मुद्दा दायर भैसकेका लामिछानेलाई प्रहरीले फेरी अदालतको आदेश अनुसार अनुसन्धानका लागि भन्दै पुर्जी थमाएको थियो ।

साथै सोहि दिन राति हिरासतमा राखिएको थियो । तर तेस्रो दिन मात्रै उच्च अदालतको आदेश अनुसार भन्दै थुनुवा पुर्जी दिइएको थियो ।

रवि लामिछाने अहिले भैरहवास्थित कारागारमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ ।
चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

पूर्वमन्त्री कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमार्गको १२० मिटरभित्र आवाज पठाउँदा इको आएको बताएका छन् ।
सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका गुदेलस्थित हुङ्गा (हुङ्कु)खोला पहिरो खसेर थुनिएको छ ।
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।

भर्खरै