नेभिगेशन
सबै कुरा
टी-२० विश्वकप एसिया छनोट :

ओमानविरुद्ध नेपालले लियाे दोस्रो विकेट

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

नेपालका तर्फबाट ३.१ ओभरमा सोमपाल कामीको बलमा ओमानका अकिब इलियास आउट हुँदा नेपालले दोस्रो विकेट हात पारेको हो । 

Dish Home
Global Ime Bank

यसअघि नेपालका तर्फबाट अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा ओमानका कश्यव कुमार प्रजापतिलाई आउट गराउँदा नेपालले पहिलाे विकेट लिएकाे थियाे । 

एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपाल ओमानविरुद्धको खेलमा फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।  ओमानले अहिले ब्याटिङ गरिरहेको छ । 

समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

 नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो भने ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

समूह चरणका यसअघिका दुवै खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । ओमान नेट रन रेटका आधारमा समूह ‘ए’ को शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा दुवै टोली एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलबाट समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । 

नेपालले आजको खेलमा पनि अघिल्लो खेलकै खेलाडीलाई निरन्तरता दिएको छ । नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन्  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणमा भएकाे ढिलाइबारे प्रधानमन्त्रीको चासो

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणमा भएकाे ढिलाइबारे प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरे । छलफलमा सहरी विकास...
सिद्धान्त लोहनीलाई ५ लाख सहयोग गर्ने क्यानको निर्णय

सिद्धान्त लोहनीलाई ५ लाख सहयोग गर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघले खेलका क्रममा घाइते भएका क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई...
आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

समूह चरणको खेलमा दुबै टोलीले ३/३ खेल जितेका थिए  । उनीहरुसँग समान ७/७ अंक थियो । खेल रद्द भएपछि दुबै टोलीलाई समान अंक बाँडियो । तर रनरेटमा अगाडि...
वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन सकेन ।  खेल विहान साढे ९ बजेदेखि हुने तय भएको थियो ।
भर्खरै