नेभिगेशन
समाज

एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि वेष्ट इण्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ । टोलीले उनलाई आज टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने प्रतिक्रिया दिए । 

Ncell
Extreme Energy

“फेबियन एलेन अनुभवी टी–२० खेलाडी हुन् । उनको अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ । विशेषगरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ,” खड्काले भने ।

३१ वर्षीय एलेन बायाँहाते स्पिन बलिङ र आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले हालसम्म वेष्ट इण्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । 

सुदूरपश्चिमले शनिबार वेष्ट इन्डिजकै अर्का खेलाडी शेरफन रदरफोर्डलाई पनि अनुबन्ध गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम...
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र...
असोजमा ५ अर्ब ९२ करोड को विद्युत् निर्यात, बङ्गलादेशमा पुनः निर्यात सुरु

असोजमा ५ अर्ब ९२ करोड को विद्युत् निर्यात, बङ्गलादेशमा पुनः निर्यात सुरु

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोज महिनामा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

तेहरानकाे व्यस्त तजरिश स्क्वायरमा एक कलाकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा नक्कली जेलमा राखेको दृश्यमा अभिनय गरेर प्रदर्शनमा राखेका छन् । याे भिडिओ सरकारले नै बनाएर प्रदर्शनमा राखेकाे...

भर्खरै