नेभिगेशन
सबै कुरा
टी-२० विश्वकप एसिया छनोट :

ओमानविरुद्ध नेपालले लियाे तेस्राे विकेट

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।

नेपालका तर्फबाट ४.६ ओभरमा गुल्सन झाको बलमा ओमानका प्रतिक श्रीकान्त अथाव आउट हुँदा नेपालले तेस्रो विकेट हात पारेको हो । 

यसअघि सोमपाल कामीको बलमा ओमानका अकिब इलियास आउट हुँदा नेपालले दोस्रो विकेट हात पारेको थियो भने नेपालका तर्फबाट अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा ओमानका कश्यव कुमार प्रजापतिलाई आउट गराउँदा नेपालले पहिलो विकेट लिएको थियो । 

एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपाल ओमानविरुद्धको खेलमा फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।  ओमानले अहिले ब्याटिङ गरिरहेको छ । 

समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

 नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो भने ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

समूह चरणका यसअघिका दुवै खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । ओमान नेट रन रेटका आधारमा समूह ‘ए’ को शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा दुवै टोली एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलबाट समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । 

नेपालले आजको खेलमा पनि अघिल्लो खेलकै खेलाडीलाई निरन्तरता दिएको छ । नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अलराउन्डर आदिल आलम राष्ट्रिय टिममा फर्किदै, विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्पमा राखियो

अलराउन्डर आदिल आलम राष्ट्रिय टिममा फर्किदै, विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्पमा राखियो

यो सँगै उनी राष्ट्रिय टिममा कमब्याक हुने छ ।  आलम क्यानले २०७९ सालमा आयोजना गरेको टि २० क्रिकेट लिग प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा प्रतिवन्धमा परेका थिए ।...
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी...
टी–२० विश्वकप छनोटमा नेपाल, कुवेत र जापान समूह ‘बी’ मा, अक्टोबर ८ मा पहिलो खेल

टी–२० विश्वकप छनोटमा नेपाल, कुवेत र जापान समूह ‘बी’ मा, अक्टोबर ८ मा पहिलो खेल

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटमा नेपाल, कुवेत र जापान समूह बी मा परेका छन्।
एनपीएल रोक्न राखेपको लेटरहेड दुरुपयोग गरेर क्यानलाई पत्र, मन्त्रीकै कार्यदलमाथि ‘किर्ते’को आरोप

एनपीएल रोक्न राखेपको लेटरहेड दुरुपयोग गरेर क्यानलाई पत्र, मन्त्रीकै कार्यदलमाथि ‘किर्ते’को आरोप

नेपाल प्रिमियर लिग (एनपीएल) रोक्न खेलकुदमन्त्रीले गठन गरेको कार्यदलले राष्ट्रिय खेलकुद परिषदको लेटरहेड ‘किर्ते’ गरेर पत्राचार गरेको खुलेको छ।