नेभिगेशन
सबै कुरा

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारसको उम्मेदवारी घोषणा

भदौ ८, ललितपुर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले  प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला संघका अध्यक्षसहितको संयुक्त पत्रकार सम्मेलनमा उनले आगामी १५ गते हुने बागमती प्रदेशको दोस्रो अधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

Ncell
Extreme Energy

त्यस्तै उक्त पत्रकार सम्मेलनमा उनले चुनावमा उठ्ने प्यानलको समेत घोषणा गरेका छन् । उनले उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुर जिल्ला रहने साथै ९ सदस्य पदमा आपसी समझदारीमा उम्मेदवारी दिने घोषणाा गरेका हुन्। 

यसअघि गत साउनमा भएको काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएपछि पारसका लागि प्रदेश र केन्द्रको कुनैपनि पदमा लड्न पाउने बाटो खुलेको हो। 

क्यानको विधान अनुसार कुनैपनि पदाधिकारी केन्द्रमा चुनाव लड्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउनु पर्ने हुन्छ।  

 बागमती प्रदेश संघमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र नुवाकोट गरी ६ जिल्ला छन्। बागमतीको चुनावमा हरेक जिल्लाबाट चार जना प्रतिनिधिले प्रदेशको चुनावमा भोट हाल्न पाउँछन्। जसमा चार जिल्ला पारसको समर्थनमा छन् भने बाँकी चितवन र नुवाकोटसँग पनि समन्वयको प्रयास भइरहेको पारसले बताए।

प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिँदै उनले समग्र क्रिकेट विकासका लागि आफूले संघमा आउन चाहेको स्पष्ट पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...