नेभिगेशन
सबै कुरा

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारसको उम्मेदवारी घोषणा

भदौ ८, ललितपुर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले  प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला संघका अध्यक्षसहितको संयुक्त पत्रकार सम्मेलनमा उनले आगामी १५ गते हुने बागमती प्रदेशको दोस्रो अधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

Extreme Energy

त्यस्तै उक्त पत्रकार सम्मेलनमा उनले चुनावमा उठ्ने प्यानलको समेत घोषणा गरेका छन् । उनले उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुर जिल्ला रहने साथै ९ सदस्य पदमा आपसी समझदारीमा उम्मेदवारी दिने घोषणाा गरेका हुन्। 

यसअघि गत साउनमा भएको काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएपछि पारसका लागि प्रदेश र केन्द्रको कुनैपनि पदमा लड्न पाउने बाटो खुलेको हो। 

क्यानको विधान अनुसार कुनैपनि पदाधिकारी केन्द्रमा चुनाव लड्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउनु पर्ने हुन्छ।  

 बागमती प्रदेश संघमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र नुवाकोट गरी ६ जिल्ला छन्। बागमतीको चुनावमा हरेक जिल्लाबाट चार जना प्रतिनिधिले प्रदेशको चुनावमा भोट हाल्न पाउँछन्। जसमा चार जिल्ला पारसको समर्थनमा छन् भने बाँकी चितवन र नुवाकोटसँग पनि समन्वयको प्रयास भइरहेको पारसले बताए।

प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिँदै उनले समग्र क्रिकेट विकासका लागि आफूले संघमा आउन चाहेको स्पष्ट पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।