नेभिगेशन
समाज

कोप ३१ मा जलवायु न्यायदेखि पर्वतीय एजेन्डा प्राथमिकतामाः शिशिर खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) मा जलवायु न्यायदेखि पर्वतीय एजेन्डालाई प्राथमिकतामा राखिने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौँमा आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा मन्त्री खनालले कोप ३१ मा पर्वतीय एजेन्डा, हानि र नोक्सानी, जलवायु वित्त र जलवायु न्यायको विषयलाई  प्राथमिकताका साथ उठाइने बताएका हुन् । 

Extreme Energy

उनले जलवायुजन्य हानि र नोक्सानी कोषबाट नेपाललाई हालै २१ दशमव ६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको भन्दै नेपाल यो रकम सुरक्षित गर्ने पहिलो देश बनेको बताए । उनले जलवायु वित्त पहुँचयोग्य, समतामूलक र राष्ट्रिय प्राथमिकताहरूप्रति उत्तरदायी हुर्ने धारणा राखे । 

नेपालको न्यून उत्सर्जनका बाबजुद हिमालले भोगिरहेको असरलाई ध्यानमा राख्दै ’जलवायु न्याय’ सामूहिक प्रतिक्रियाको केन्द्रमा हुनुपर्ने उनकोे भनाइ छ । उनले कोप–३१ मा सफल हुन नेपालले स्पष्ट प्राथमिकता र राज्यको दृढ प्रतिबद्धतासहित एकताबद्ध र सम्पूर्ण राष्ट्रको दृष्टिकोणमा ध्यान दिनुपर्ने समेत बताए । 

जलवायु सम्मेलनमा कोप ३१ मा प्रस्तुत हुने नेपालको पोजिसन पेपसर र माउन्टेन स्ट्रेटजी सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई भोटेकोशी विपत्ति सुनाउँदै नेपाल, बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना

संसारलाई भोटेकोशी विपत्ति सुनाउँदै नेपाल, बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना

नेपालले भोटेकोशी-त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना गरेको छ ।
यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही...
नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।