नेभिगेशन
समाज

यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हिमपात हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कात्तिक १२ देखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

Extreme Energy

बिहीबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्नेछ। मधेश प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।

शुक्रबार दिउँसो देशभर अधिकांश बदली रहने र पाँच प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। शुक्रबार राति देशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

शनिबार पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।

धानबाली भित्र्याउन र हिमाली यात्रामा सतर्कता अपनाउन आग्रह

महाशाखाले वर्षा र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै कृषि कार्य तथा यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ। धानबाली भित्र्याउनेलगायतका कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न अनुरोध गरिएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली भूभागमा नजान तथा गइसकेका पर्यटकलाई जोखिमको अवधिमा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

वर्षाका कारण सडक छेउछाउमा पहिरो जान सक्ने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

आइतबार र सोमबार भने देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ। यस अवधिमा तराई, उपत्यका र खोँचमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ...
मनास्लुको स्याउ गोदाममै थन्कियो

मनास्लुको स्याउ गोदाममै थन्कियो

बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् ।