नेभिगेशन
समाज

इजरायलमा चुनाव : बहुमत गुमाएपछि नेतन्याहु भन्छन्, धाँधली भयो, छानविन गरियोस्

जेरुसेलम । इजरायलमा गत मंगलबार भएको निर्वाचनको नतिजा लगभग सार्वजनिक भइसकेको छ। यसमा नेतान्याहुको लिकुड पार्टीको गठबन्धनले बहुमत प्राप्त गर्न सकेन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो गठबन्धन बहुमतबाट टाढा रहनुमा अरब पार्टीहरूलाई दोषी ठहराएका छन्।

Extreme Energy

उनले एक्स (ट्विटर) मा आफ्नो पार्टीको एक बयान जारी गर्दै भनेका छन्, 'इजरायलमा चुनाव अरब पार्टीहरूले चोरेका हुन्, जसले आतंकवादको समर्थन गर्छन् र यहुदी राज्यलाई समाप्त पार्न चाहन्छन्। यो चोरी घुसखोरी, धम्की, हिंसा, किर्ते (जालसाजी) र मतदाताहरूलाई आकर्षित गर्न प्रतिबन्धित सफ्टवेयरको प्रयोग जस्ता गम्भीर आपराधिक कार्यहरू मार्फत गरिएको हो।'

नेतन्याहुले चुनावमा धाँधलीसँग जोडिएका सयौँ बयान र प्रमाणहरू आफ्नो पार्टीले प्रहरी, शिन बेट र केन्द्रीय निर्वाचन समितिलाई बुझाउन लागेको पनि उल्लेख गरेका छन् । 'यी प्रमाणहरू धेरै अरब मतदान केन्द्रहरूमा भएका चुनाव धाँधलीसँग सम्बन्धित छन्। यसमा रा'म पार्टीका पर्चा र नगद भएका हजारौँ खामहरू, मतदान केन्द्रका सदस्यहरूलाई धम्की दिने र उनीहरूमाथि हिंसा गर्ने, मतदान कक्षको पर्दा पछाडि धेरै पटक भोट हाल्ने, दोहोरो पहिचानका साथ मतदान गर्ने, खामको सङ्ख्या र मतदाताको सङ्ख्यामा भिन्नता, मतदाताहरूलाई परिचालन गर्न प्रतिबन्धित सफ्टवेयरको प्रयोग लगायतका धेरै अन्य मामिलाहरू समावेश छन्,' उनले भने । 

नेतन्याहुले अरब पार्टीहरूको तर्फबाट चुनावमा गरिएको धाँधलीको गहिरो छानबिन गर्न र यसमा संलग्न अपराधीहरू विरुद्ध पूर्ण कानुनी कारबाही गर्न प्रहरी र शिन बेट (विशेष सुरक्षा निकाय) सँग माग गरेका छन् । 

'हामी केन्द्रीय निर्वाचन समितिसँग माग गर्दछौँ कि उसले यी आपराधिक कार्यहरूको जाँचका लागि तत्काल कदम चालोस् । यी कार्यहरूले इजरायलमा चुनावको निष्पक्षता र चुनावी नतिजालाई गम्भीर क्षति पुर्‍याएका छन् ।'

९७ प्रतिशत मतगणना भइसक्दा नेतान्याहुको गठबन्धनको पक्षमा ५३ सिट, उनका विरोधी आइजनकोटको नेतृत्वमा रहेको गठबन्धनलाई ४८ सिट र अरब पार्टीहरूको गठबन्धनलाई १९ सिट मिलेको छ ।

१२० सदस्यीय इजरायली संसदमा बहुमतका लागि ६१ सिट आवश्यक पर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ...
मनास्लुको स्याउ गोदाममै थन्कियो

मनास्लुको स्याउ गोदाममै थन्कियो

बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् ।
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने

नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

नेपालीका कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन् ।