नेभिगेशन
समाज

एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, यी हुनेछन् सहभागी

काठमाडौं । नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। भेलामा पार्टीका केन्द्रीय कमिटीदेखि पालिका कमिटीसम्मका पदाधिकारी तथा सदस्य, जनसङ्गठनका प्रतिनिधि र जनप्रतिनिधिहरू सहभागी हुने प्रचार विभाग प्रमुख निरज आचार्यले सिधाकुरालाई जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प ! समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित आयोजना हुने भेला काठमाडौंको कार्की ब्याङ्क्वेटमा हुने उनले बताए।

Extreme Energy

भेलामा सहभागी हुनेहरूको सूचीअनुसार पार्टी केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला कमिटीका पदाधिकारी सहभागी हुनेछन्। सम्पर्क तथा भारत प्रवासअन्तर्गतका प्रदेश कमिटी र सम्पर्क तथा विशेषसहित ८८ जिल्ला कमिटीका पदाधिकारीलाई पनि सहभागी गराइने छ।

त्यस्तै, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्षहरू पनि भेलामा सहभागी हुनेछन्।

जनसङ्गठनबाट पनि प्रतिनिधित्व

भेलामा पार्टीका जनसङ्गठनबाट समेत प्रतिनिधित्व रहनेछ। अनुसूची १ अन्तर्गतका सङ्गठनबाट पाँच–पाँच जना र अनुसूची २ अन्तर्गतका सङ्गठनबाट तीन–तीन जना सहभागी हुने सूचीमा उल्लेख छ।

जनप्रतिनिधि पनि सहभागी हुने

राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरू पनि भेलामा सहभागी हुनेछन्।

एमालेले राष्ट्रिय भेलामार्फत पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्पसहित समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य अघि सारेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनको मध्यभागमा बुधबार भएको दुई तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८० जना घाइते भएका छन्। तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले...
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव आज (बिहीबार) देखि नेपालमा पर्ने भएको छ।
अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...