नेभिगेशन
समाज

निर्माणमा ढिलाइ गर्ने व्यवसायीका ६ ठेक्का तोडिए, ४९ करोड दाखिला गराउन पत्राचार

अछाम । निर्धारित समयमा निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीविरुद्ध सरकारले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ। अपेक्षित प्रगति नभएपछि पूर्वाधार विकास मन्त्रालयको अछाम डिभिजनले ६ वटा रुग्ण ठेक्का अन्त्य गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार ठेक्का अन्त्य गरिएका निर्माण व्यवसायीबाट ४९ करोड ६ लाख रुपैयाँभन्दा बढी रकम दाखिला गराउन पत्राचार गरिएको छ।

Extreme Energy

ठेक्का तोडिएका योजनामध्ये अछामको मंगलसेन–सुखाड–खेतगैरे–जुलिमारे–ढकारी सडक निर्माण पनि छ। २०७९ वैशाख १६ गते सम्झौता भएको उक्त १० किलोमिटर सडकको निर्माण अवधि २०८३ वैशाख १६ गतेसम्म थपिएको थियो। तर, निर्माणको भौतिक प्रगति १९.८३ प्रतिशतमा सीमित भएपछि ठेक्का अन्त्य गरिएको मन्त्री लम्सालले बताएका छन्।

मन्त्री लम्सालका अनुसार २०७६ सालदेखि निर्माण अलपत्र परेका विभिन्न योजनाका ठेक्का पनि अन्त्य गरिएका छन्। तीमध्ये साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण र बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक निर्माणलगायतका योजना छन्।

समयमै काम नगर्ने निर्माण व्यवसायीका ठेक्का अन्त्य गर्ने कामलाई तीव्रता दिइएको मन्त्री लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन्।

समयमै काम सम्पन्न नगर्दा सार्वजनिक पूर्वाधार निर्माण प्रभावित भइरहेका बेला ठेक्का अन्त्यसँगै सम्बन्धित निर्माण व्यवसायीबाट रकम असुल गर्ने प्रक्रिया पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैनः केपी ओली

स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैनः केपी ओली

उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्ने बताए । कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक र अनुशासित...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ...