नेभिगेशन
समाज

स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैनः केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार पार्टी कार्यालय च्यासलमा मनोनित केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा के.सी. भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराउदै अध्यक्ष ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको बिकल्प नरहेकाले मानसिक रूपमा तयार रहन नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे ।

Extreme Energy

उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्ने बताए । कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक र अनुशासित ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनकोे भनाइ छ ।

त्यस्तै अध्यक्ष ओलीले देशमा आतङ्क फैलाउने, र विना बर्दीका प्रहरी प्रयोग गरी बलजप्ती र गिरफ्तारी गर्ने जस्ता अराजक काम गरिरहेको आरोप लगाए । ओलीले देशी–विदेशी तथा आन्तरिक–बाह्य सबै शक्तिहरू एकजुट भएर सिध्याउन खोज्दा पनि एमाले मजबूत हैसियत र लोकप्रिय मतका साथ उभिएको धारणा राखे । उनले अघिल्लो चुनाव पारदर्शी नभएको र प्रतिगमनको दोस्रो शृङ्खला भएको टिप्पणी गर्दै आगामी दिनमा एकता र अनुशासनका साथ अगाडि बढेर जित हासिल गर्नुपर्नेमा जोड दिए । 

पार्टीभित्र देखिने विकृत प्रवृत्ति, अराजकता र अनुशासनहीनता सैह्य नहुने भन्दै अध्यक्ष ओलीले यसलाई अन्त्य गर्नुपर्ने बताए । आफ्नै पार्टी, नेतृत्व वा नीतिको विरुद्धमा बाहिर सार्वजनिक रूपमा बोल्नु संस्थागत नियम विपरीत भएकाले सचेत रहन उनले आग्रह गरे ।

उनले भने, ‘हामी स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेका छौँ। हामीले आन्दोलनकारी ढङ्गबाट अगाडि बढ्नुको विकल्प छैन। अहिले होस् कि भोलि होस् कि तिहार छठपछि होस् कि हामी मानसिक रूपमा तयार भएर बस्नुपर्छ। भित्रभित्रै तयारी अवस्थामा रहनुपर्छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिकको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित बनाउन गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने माग गरिएको छ...