नेभिगेशन
समाज

जलवायु विपद् पूर्वतयारीका लागि यूएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालले राख्यो तीन प्रस्ताव

काठमाडौँ । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि 'एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन'मा तीनवटा प्रस्ताव राखेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थाइल्याण्डको राजधानी बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलवायु जोखिम निगरानी र पूर्वसूचना प्रणाली लागि नेपालका तर्फबाट एसिया प्यासिफिक क्षेत्रीय अन्तरिक्ष सहकार्यको प्रस्ताव गरेका हुन् । 

Extreme Energy

सम्मेलनको 'उत्थानशील र समावेशी भविष्यका लागि सुदृढ क्षेत्रीय सहकार्यमार्फत अन्तरिक्ष प्रविधिको उपयोग' सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण निम्तिने जटिल विपद्को सामना गर्न अन्तरिक्ष प्रविधिको प्रयोग र क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । 

मन्त्री श्रेष्ठले क्षेत्रीय सहकार्यका लागि अन्तरिक्ष प्रविधिबाट हिमाली जोखिमको निरन्तर निगरानी, तथ्याङ्कको व्यावहारिक प्रयोग र समान र समतामूलक पहुँच हुनुपर्ने प्रस्ताव राखेका हुन् ।  

उनकाअनुसार पहिलो, उच्च-हिमाली जोखिमहरूलाई क्षेत्रीय अन्तरिक्ष सहकार्यको निरन्तर प्राथमिकताका रूपमा स्थापित गर्ने प्रस्ताव छ । 'हामी क्षेत्रीय निगरानी र पूर्वचेतावनी प्रबन्धको अभिन्न अंगका रूपमा कमजोर पहाडी ढलान र हिमतालहरूको व्यवस्थित भूउपग्रह निगरानीलाई प्रोत्साहन गर्छौँ,' उनले भने । 

दोस्रो, समयमै कदम चाल्नका लागि तथ्याङ्कलाई व्यावहारिक मार्गदर्शनमा रूपान्तरण गर्ने प्रस्ताव छ ।  'भूउपग्रह तस्बिरहरूको पहुँचका साथसाथै, समयको प्रत्येक मिनेट महत्त्वपूर्ण हुने अवस्थामा सही निर्णय लिन देशहरूलाई प्रयोग गर्न सकिने सूचना, साझा विश्लेषणात्मक उपकरण र प्रशिक्षित जनशक्तिको आवश्यकता पर्दछ,' मन्त्री श्रेष्ठले भने । 

तेस्रो, अन्तरिक्षमा आधारित सूचना र सेवाहरूमा समतामूलक र पहुँचयोग्य पहुँच सुनिश्चित गर्ने प्रस्ताव छ । 'विशेष गरी मानव जीवन जोखिममा परेको बेला, आफ्नै भूउपग्रह सञ्चालन गरे/नगरेको वास्ता नगरी सबै देशहरूले यी क्षमताहरूबाट लाभ उठाउन पाउनुपर्छ,' उनले भने । 

biraj-ESPA-1793181720.jpg
 

मन्त्री श्रेष्ठले अन्तरिक्षमा आधारित सूचनालाई व्यावहारिक निर्णय र जनताले प्रयोग गर्न सक्ने सेवामा रूपान्तरण गर्नुपर्ने बताए ।

'भूउपग्रहले हिमालको खतरा पत्ता लगाउन सक्छ, तर तल्लो तटीय क्षेत्रका सर्वसाधारणसम्म पुग्ने सही समयको चेतावनीले मात्रै मानिसको ज्यान बचाउन सक्छ,' मन्त्री श्रेष्ठले भने । उनले हिन्दुकुश हिमालय क्षेत्रका २ अर्ब मानिसको जीवन रक्षाका लागि साझा दायित्व निभाउँदै सन् २०३० सम्मको एशिया-प्रशान्त कार्ययोजना सफल बनाउन नेपाल संयुक्त परियोजना र क्षेत्रीय सहकार्यका लागि तयार रहेको स्पष्ट पारे ।

विपद्पछि नेपालले के गर्दैछ ?
सम्मेलनमा मन्त्री श्रेष्ठले नेपालमा हालै आएका विपद्‌हरूको प्रसङ्ग उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीय स्तरबाट हुने नवप्रवर्तन र प्रविधिको सफल प्रयोगबारे जानकारी गराए । 'गत अगस्ट र अक्टोबरमा नेपालले करिब ९ लाखभन्दा बढी नागरिकका मोबाइलमा एसएमएसमार्फत पूर्वचेतावनी सन्देश पठाएर सुरक्षित स्थानमा सार्न सफल भएको थियो,' उनले भने, 'सडक नपुगेका दुर्गम क्षेत्रमा हेलिकप्टरबाट ड्रोन पाइलटहरू खटाएर भूउपग्रह (स्याटेलाइट) तस्बिरको सहयोगमा क्षति मूल्याङ्कन गरिएको थियो ।'

मन्त्री श्रेष्ठले नेपालले नदीहरूको बाढी पूर्वानुमान क्षमता बढाएको जानकारी दिँदै अब जोखिम क्षेत्रका प्रत्येक फोनमा एकैपटक पूर्वचेतावनी पुर्याउने 'सेल ब्रोडकास्टिङ' प्रविधि सुरु गर्न लागिएको बताए ।

पहाडी ढलान र हिमतालहरूको जोखिमबारे बोल्दै उनले भने, 'रसुवामा गएको पहिरोको सङ्केत अन्तरिक्षको कक्षमा हप्तौं अघिदेखि उपलब्ध थियो, तर त्यसलाई निगरानी र विश्लेषण गर्ने प्रणालीको कमी थियो । हामी हरेक पहाडमा कङ्क्रिट ढलान गर्न सक्दैनौँ, त्यसैले दुर्गम हिमताल र जोखिमयुक्त ढलानहरू हेर्न अन्तरिक्षकै आँखा (भूउपग्रह) आवश्यक छ ।' इसिमोट र युएनडिपीले हिन्दुकुश हिमाली क्षेत्रका ४७ वटा हिमताललाई जोखिमपूर्ण देखाएकोमा २१ वटा नेपालमा रहेको र तीमध्ये ठूलागी, लोअर बारुण, लुम्डिङ र होङ्गु हिमतालको जलस्तर घटाउने काम सुरु भइसकेको उनले जानकारी दिए ।

सम्मेलनमा नेपालबाट नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्म उप्रेती, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी छन् ।

सम्मेलनअन्तर्गत नेपाल र यूएन इएससीएपीले विहीबार संयुक्त रुपमा ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशाला आयोजना गरेको छ । उक्त कार्यशालालाई मन्त्री श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ । 

विहीबारै मन्त्री श्रेष्ठले एसियन इन्सिच्युट अफ टेक्नोलोजी (एआईटी)ले नेपालमा उत्थानशील पुनर्लाभ तथा पुनरोत्थानमा केन्द्रित भई आयोजना गरेको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलता अभिवृद्धि’ विषयक गोष्ठीको ‘नेपालको पुनरोत्थानका आवश्यकता तथा चुनौतीहरू’ सत्रलाई सम्बोधन गर्नेछन्  । 

मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक, यस्ता छन् एजेन्डा

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक, यस्ता छन् एजेन्डा

उक्त बैठकमा दुवै देशका सीमा सुरक्षा निकायलगायत प्रतिनिधिको सहभागिता रहेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् । बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय,...
बहुमत सदस्यले खोले एन्फाको ताला, १३ गते कार्यसमितिको बैठक बस्ने

बहुमत सदस्यले खोले एन्फाको ताला, १३ गते कार्यसमितिको बैठक बस्ने

एन्फामाथि लागेको प्रतिबन्ध र नेपालमा फुटबल क्षेत्रमा भइरहेको विवादको निकास दिनुपर्ने आवश्यकता रहेकाले फिफाबाट भएको प्रतिबन्ध, सरकारसँगको सहकार्य, र तहगत निर्वाचनको अवरोधलाई कसरी हटाउने भन्ने विषयमा छलफल गर्ने...
४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४१० आरोहीलाई अनुमति, करिब ३२ करोड रोयल्टी सङ्कलन

४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४१० आरोहीलाई अनुमति, करिब ३२ करोड रोयल्टी सङ्कलन

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) का रहेका छन् । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन् । जसमा ३७३...

भर्खरै