नेभिगेशन
समाज

दशैँ बोनस नदिने अस्पताललाई श्रम मन्त्रालयले गर्‍यो कारवाही !

काठमाडौँ । सरकारले दशैँ बोनस नदिने अस्पताललाई कारवाही गर्दै जवाफदेही बनाएको छ । बोनस नदिएको गुनासोपछि युवा, श्रम तथा रोजगार मन्त्रालयको सक्रियतामा अस्पताललाई जवाफदेही बनाउँदै बोनस दिलाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रम मन्त्रालयकाअनुसार रुपन्देहीको बुटवलस्थित गैरनाफामूखी संस्थाद्वारा सञ्चालित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत श्रमिकहरूबाट चाडपर्व खर्च नपाएको भन्दै परेको गुनासोका आधारमा श्रम तथा रोजगार कार्यालय बुटवलले असोज ३० मा अस्पताललाई पत्र पठाउँदै श्रमिकहरूको चाडपर्व खर्च भुक्तानी गर्न निर्देशन दिए पछि २४० जना  कर्मचारीहरूलाई चाडपर्व खर्च उपलब्ध गराएको छ । 

Extreme Energy

उक्त पत्रमा श्रम ऐन, २०७४ को दफा ३७ बमोजिम प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च बापत पाउनुपर्ने प्रावधान स्मरण गराइएको थियो। साथै, एक वर्ष सेवा अवधि पूरा नभएका श्रमिकहरूको हकमा निजले गरेको सेवा अवधिको अनुपातमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको पत्रमा उल्लेख थियो।

अस्पतालले आफ्ना कर्मचारीहरूलाई यस वर्षको चाडपर्व (दसैँ) खर्च भुक्तानी गरेपश्चात् सोको विवरण श्रम तथा रोजगार कार्यालय बुटवललाई  पेस गरेको छ।

श्रम कार्यालयको पत्रको जवाफ दिँदै गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले मिति २०८३/०७/०९ मा २४० जना कर्मचारीहरूलाई मिति असोज २९ गते नै एक महिनाको आधारभूत पारिश्रमिक बराबरको चाडपर्व खर्च बापतको रकम भुक्तानी गरिसकेको बताएको हो। २४० कर्मचारीहरूको  सेवा सुविधा सहितको ४२  लाख ५४ हजार  रुपैयाँ बराबर भुक्तानी गरेको प्रमाण समेत पेस गरेको छ।

अस्पतालले भुक्तानीको पुष्टि स्वरूप बैङ्किङ कारोबारका प्रमाणित सूचीहरूसमेत श्रम कार्यालयमा पेस गरेको छ। अस्पताल प्रशासनका अनुसार गैरनाफामूखी रूपमा सञ्चालित यस स्वास्थ्य संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीहरूको हक र सुविधाप्रति प्रतिबद्ध रहँदै समयमै भुक्तानी प्रक्रिया सम्पन्न गरेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
'अर्नब' चक्रवातको असर : उच्च हिमाली क्षेत्र नजान पर्यटन विभागको अपिल

'अर्नब' चक्रवातको असर : उच्च हिमाली क्षेत्र नजान पर्यटन विभागको अपिल

पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई...
राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिएका छन् ।
युक्रेन र रुसबीच युद्धविराम सुरु

युक्रेन र रुसबीच युद्धविराम सुरु

रुस र युक्रेनबीच एउटा क्षेत्रमा युद्धविराम (सीजफायर) सुरु भएको छ, जसको पुष्टि युक्रेन र अमेरिका दुवैले गरेका छन्।

भर्खरै