नेभिगेशन
समाज

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखराले तेस्रो सिजनमा आफ्नो पहिलो खेल खेल्नुअघि सदिरालाई भित्र्याउँदै टिम बलियो बनाएको छ । ३१ वर्षीय दायाँ हाते ब्याटर सदिरा समराविक्रमाको आगमनले पोखराले ब्याटिङ र विकेटकिपङमा पनि सहयोग पुग्ने टिमको विश्वास छ । 

Extreme Energy

सदिरा तेस्रो सिजनका लागि पोखराले अनुबन्ध गरेको तेस्रो श्रीलंकन र सम्रगमा छैटौं विदेशी खेलाडी हुन् । 

पोखराले यसअघि नै दोस्रो सिजन पनि खेलेका श्रीलंकन ब्याटिङ अलराउण्डर धनन्य लक्षणलाई निरन्तरता दिँदा पेस बलिङ अलराउण्डर चमिका करुणारत्नेलाई तेस्रो सिजन अनुबन्ध गरिसकेको छ । 

यस्तै पोखराले तेस्रो सिजनका लागि बंगलादेशबाट पनि तीन अलराउण्डर नै अनुबन्ध गरिसकेको छ । जसमा विश्व चर्चित अलराउण्डर शाकिब अल हशन सबै भन्दा ठूला खेलाडीको रुपमा अनुबन्ध भएका छन् भने पेस बलिङ अलराउण्डर मोहम्म सैफुद्दिन र स्पीन बलिङ अलराउण्डर महेदी हसनपनि अनुबन्ध भएका छन् । 

विकेटकिपर ब्याटर सदिरा समिराविक्रमाले श्रीलंकाका लागि तीनवटै फर्म्याटम खेलिसकेका छन् । उनले श्रीलंकाका लागि ९ टेष्ट, ५५ ओडिआई र १९ टी२०आई खेल खेलिसकेका छन् । 

यस्तै लंका प्रिमियर लिगमा उनले ४ फरक टिमबाट खेलिसकेका छन् । उनी सन् २०२४ मा भएको टी२० विश्वपकमा श्रीलंकाको टिममा समावेश थिए । 

क्रिकेटको छोटो फर्म्याटमा उनी मिडल अर्डर ब्याटरको रुपमा खेल्ने गर्छन् । सदिरा मंगलबार नै नेपाल आइपुगिसकेका छन् । 

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले बुधबार सुदूरपश्चिम रोएल्सलाई एनपीएल तेस्रो सिजनको पहिलो खेल खेल्दैछ । 

अनुभवी खेलाडीलाई निरन्तरा दिँदै स्थानीय युवा प्रतिभालाई पनि समेटेको पोखरा एभेन्जर्सले उत्कृष्ट विदेशी खेलाडीहरु अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ र पहिलो पटक एनपीएलको उपाधि जित्ने लक्ष्य राखेको छ । 

पोखराले यस पटक मुख्य प्रशिक्षकमा पनि परिवरत्न गर्दै श्रीलंकन पूर्व क्रिकेट अजन्था मेन्डिसलाई नयाँ मुख्य प्रशिक्षक बनाएको छ भने विदेशी खेलाडीहरुमा पनि यस पटक नयाँ खेलाडीहरु आएका छन् । यस्तै भारतीय पूर्व क्रिकेटर  तथा टी२० विश्वकप विजेता इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आगामी पाँच दिनको मौसम, कहाँ कहाँ छ धेरै जोखिम ?

यस्तो छ आगामी पाँच दिनको मौसम, कहाँ कहाँ छ धेरै जोखिम ?

मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ ।
अब जुनसुकै जिल्लाको नागरिकता प्रतिलिपि काठमाडौँ उपत्यकाका सिडिओ कार्यालयबाट पाइने

अब जुनसुकै जिल्लाको नागरिकता प्रतिलिपि काठमाडौँ उपत्यकाका सिडिओ कार्यालयबाट पाइने

सरकारले उपत्यका बाहिरका जिल्लाका नागरिकले काठमाडौँ उपत्यकामै नागरिकता प्रतिलिपि लिन पाउने व्यवस्था गरेको छ ।
हुम्ला पुगे हर्क साम्पाङ, गरे यस्तो प्रतिबद्धता

हुम्ला पुगे हर्क साम्पाङ, गरे यस्तो प्रतिबद्धता

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन् ।
पार्टीको सदस्यता लिने सार्वजनिक संस्थाको कर्मचारीलाई रास्वपाले गर्‍यो कारवाही सिफारिस

पार्टीको सदस्यता लिने सार्वजनिक संस्थाको कर्मचारीलाई रास्वपाले गर्‍यो कारवाही सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिने कर्मचारीलाई कारवाही सिफारिस गरेको छ ।

भर्खरै