नेभिगेशन
समाज

हुम्ला पुगे हर्क साम्पाङ, गरे यस्तो प्रतिबद्धता

हुम्ला । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुँदै उनले भने, 'राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरण भएका कारण शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवा र सुविधा सहर केन्द्रित छ । यसैका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ ।' नागरिकलाई समयअनुसारका आवश्यक सेवासुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके मानिसहरू जुनसुकै ठाउँमा पनि बस्न सक्ने उनले बताए ।

Extreme Energy

सो अवसरमा उनले तुइनबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता समेत जनाए । 

सांसद साम्पाङको यहाँको भ्रमण सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माणसँग जोडिएको बताइएको छ । उक्त स्थानमा स्थानीय नागरिक जोखिम मोलेर तुइनको सहायताले नदी पार गर्न बाध्य भएको विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनले झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । 

उक्त स्थानमा झोलुङ्गे पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थाबाट काम अघि बढ्ने प्रक्रिया तय भइसकेको छ । यस्तो अवस्थामा पुल निर्माणको वास्तविक अवस्था, काम सुरु हुने समय र स्थानीयले तुइनबाट नदी तर्नुपर्ने बाध्यता कहिलेसम्म अन्त्य हुन्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ ।

दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा आधारभूत सेवाको अभावले नागरिकले वर्षौँदेखि विभिन्न समस्या भोग्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।
यस्तो छ आगामी पाँच दिनको मौसम, कहाँ कहाँ छ धेरै जोखिम ?

यस्तो छ आगामी पाँच दिनको मौसम, कहाँ कहाँ छ धेरै जोखिम ?

मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ ।
अब जुनसुकै जिल्लाको नागरिकता प्रतिलिपि काठमाडौँ उपत्यकाका सिडिओ कार्यालयबाट पाइने

अब जुनसुकै जिल्लाको नागरिकता प्रतिलिपि काठमाडौँ उपत्यकाका सिडिओ कार्यालयबाट पाइने

सरकारले उपत्यका बाहिरका जिल्लाका नागरिकले काठमाडौँ उपत्यकामै नागरिकता प्रतिलिपि लिन पाउने व्यवस्था गरेको छ ।
पार्टीको सदस्यता लिने सार्वजनिक संस्थाको कर्मचारीलाई रास्वपाले गर्‍यो कारवाही सिफारिस

पार्टीको सदस्यता लिने सार्वजनिक संस्थाको कर्मचारीलाई रास्वपाले गर्‍यो कारवाही सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिने कर्मचारीलाई कारवाही सिफारिस गरेको छ ।

भर्खरै