नेभिगेशन
समाज

ब्राजिलमा चुनाव हारेपछि पासपोर्ट रद्ध गरिएका बोल्सोनारो अमेरिका पुगे

न्युयोर्क । ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि जाइर बोल्सोनारो ब्राजिल छाडेर अमेरिकाको फ्लोरिडा पुगेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी विदेश मन्त्रालयले बीबीसीलाई बताए अनुसार उसले बोल्सोनारो र उनको परिवारलाई भिसा जारी गर्नेछ।

Extreme Energy

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लूला डा सिल्भाले बोल्सोनारोले देश छाड्नुलाई 'लाजमर्दो' भनेका छन्। 

ब्राजिल प्रहरीका अनुसार सर्वोच्च अदालतको आदेशका बाबजुद कागजात बुझाउन नसकेपछि बोल्सोनारोको पासपोर्ट रद्द गरिएको थियो।

लूलाले भने कि जब उनलाई आफ्नो पासपोर्ट बुझाउन भनिएको थियो, उनले त्यसै गरेका थिए। भ्रष्टाचारको आरोपविरुद्ध उनको पुनरावेदन खारेज भएपछि अदालतले उनलाई पासपोर्ट बुझाउन भनेको थियो।

सन् २०१८ मा घुसखोरीसँग सम्बन्धित मुद्दालाई लिएर पनि उनले कानुनी लडाइँ लड्नु परेको थियो।
लूलाले बोल्सोनारोले पनि त्यसै गर्नुपर्थ्यो भनेका छन्। उनले भने, 'ब्राजिल उनको दोस्रो देश हो, उनको पहिलो देश अमेरिकाको चाप्लुसी/चाकडी गर्नु हो।'

सोही भाषणमा लूलाले यो पनि भने, \जससँग लुकाउनका लागि केही छैन, उनीहरू डराउनुपर्ने कुनै आवश्यकता छैन।'

बोल्सोनारो कथित भ्रष्टाचार र मनी लाउन्ड्रिङका मुद्दाहरूमा अनुसन्धानको सामना गरिरहेका छन्। यद्यपि, उनले यी आरोपहरूको खण्डन गरेका छन्।

दक्षिणपन्थी उम्मेदवार बोल्सोनारो वामपन्थी नेता लूलासँग निर्वाचनमा पराजित भएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पार्टीको सदस्यता लिने सार्वजनिक संस्थाको कर्मचारीलाई रास्वपाले गर्‍यो कारवाही सिफारिस

पार्टीको सदस्यता लिने सार्वजनिक संस्थाको कर्मचारीलाई रास्वपाले गर्‍यो कारवाही सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिने कर्मचारीलाई कारवाही सिफारिस गरेको छ ।
कांग्रेस एमालेले गिजोलेको सहकारी समस्या फास्ट ट्रयाकमा हल गर्दै प्रतिभा रावल, अब अदालतमा छुट्टै इजलास

कांग्रेस एमालेले गिजोलेको सहकारी समस्या फास्ट ट्रयाकमा हल गर्दै प्रतिभा रावल, अब अदालतमा छुट्टै इजलास

बचत फिर्ताभन्दा पनि रास्वपा सभापति रवि लामिछानेलाई मुद्दा लगाएर राजनीतिमा रोक्न कांग्रेस एमालेले हतियार बनाएको सहकारीसम्बन्धी समस्या वर्तमान सरकारले फास्ट ट्रयाकमा हल गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
एनपिएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, कसको पल्ला भारी ?

एनपिएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, कसको पल्ला भारी ?

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।
इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा मङ्गलबार सम्पन्न आमनिर्वाचनमा ७७.७ प्रतिशतको ऐतिहासिक मतदान भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार सन् १९९९ पछिकै यो सबैभन्दा उच्च मतदान प्रतिशत हो।

भर्खरै