नेभिगेशन
समाज

'अर्नब' चक्रवातको देशैभरी प्रभाव : गृहले जारी गर्‍यो ९ बुँदे सर्कुलर

काठमाडौँ । बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवातको प्रभावका कारण कार्तिक १२ गते (बिहीबार), कार्तिक १३ गते (शुक्रबार) र कार्तिक १४ गते (शनिबार) सबैजसो प्रदेश प्रभावित हुने पूर्वानुमान छ। उक्त चक्रवातका कारण चट्याङ र हावाहुरीसहित भारी वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले ९ बुँदे सर्कुलर जारी गरेको छ । मन्त्रालयले उच्च सतर्कता अपनाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसहित सर्कुलर जारी गरेको हो । 

Extreme Energy

यस्तो छ सर्कुलर: 

* कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउने।
* धानबाली काटिसकेको भए कार्तिक १२ गते (बिहीबार) अघि नै भित्र्याइसक्ने।
* पर्यटकहरू उच्च पहाडी र हिमाली क्षेत्रमा नजाने, गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहने।
* आवश्यक परेमा स्थानीय प्रशासनले सवारी आवागमन बन्द गर्ने, गराउने। सवारी आवागमन बन्द गर्नुपूर्व सो को अग्रिम जानकारी सर्वसाधारणसम्म पुऱ्याउने व्यवस्था मिलाउने।
* सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउने। सो अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्ने, नगराउने।
* सम्बन्धित सबै निकायले जोखिमबारे आम सर्वसाधारणलाई विभिन्न माध्यमबाट सुसूचित गर्ने। प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।
* जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलगायतले पूर्वसूचनाअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, गराउने।
* राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल मौसम विज्ञान विभाग लगायतका सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वसूचना तथा पूर्वचेतावनी पालना गर्ने, गराउने।
* मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा मद्दत माग्न १२३४ वा १०० वा १११४ मा सम्पर्क गर्ने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा मङ्गलबार सम्पन्न आमनिर्वाचनमा ७७.७ प्रतिशतको ऐतिहासिक मतदान भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार सन् १९९९ पछिकै यो सबैभन्दा उच्च मतदान प्रतिशत हो।
एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपुगेका छन् ।
पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ ।