नेभिगेशन
समाज

अर्नब चक्रवातका कारण भारी वर्षा र हिमपातको जोखिम

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

Extreme Energy

प्राधिकरणका  प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अर्नब’को प्रभाव यही कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ ।

यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्नेछ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

सम्भावित विपद्बाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवम् बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ ।

त्यसैगरी, मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले आपत्कालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको प्रवक्ता  केसीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
'अर्नब' चक्रवातको देशैभरी प्रभाव : गृहले जारी गर्‍यो ९ बुँदे सर्कुलर

'अर्नब' चक्रवातको देशैभरी प्रभाव : गृहले जारी गर्‍यो ९ बुँदे सर्कुलर

बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवातको प्रभावका कारण कार्तिक १२ गते (बिहीबार), कार्तिक १३ गते (शुक्रबार) र कार्तिक १४ गते (शनिबार) सबैजसो प्रदेश प्रभावित हुने पूर्वानुमान छ।
एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपुगेका छन् ।
पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ ।