नेभिगेशन
समाज

खुल्दैछ रविमाथि प्रतिशोधको पर्दा

काठमाडाैँ । २०८१ कात्तिक २ गते । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्छ । कास्की प्रहरीले काठमाडौँ प्रहरीलाई त्यो पुर्जी पठाउँछ । रास्वपा कार्यालयबाट प्रहरीले रविलाई पक्राउ गर्छ, रातारात पोखरा पुर्याउँछ । रविलाई पक्राउ गर्न प्रहरीलाई कति हतार थियो भन्ने कुरा त्यो दिन प्रहरीले देखाएको सक्रियताले स्पष्ट पार्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीलाई किन त्यति धेरै हतार थियो ? प्रहरीको त्यो हतारोभित्र– देशको सत्तालाई बिर्ता ठान्ने राजनीतिक प्रवृत्ति लुकेको थियो । छोटो समयमा रविले राजनीतिमा जुन हैसियत प्राप्त गरेका थिए, जनताबाट जुन समर्थन पाएका थिए, त्यसैबाट अत्तालिएका कांग्रेस र एमालेले जुनसुकै मुद्दामा फसाउन खोजिरहेका थिए, राजनीतिको राजमार्गबाट पन्छाउन खोजिरहेका थिए । त्यसैबेला सहकारीको मुद्दा पाए, सबै दोष रविमाथि थोपरे अनि भए–नभएका आरोप र कसुरको तानाबाना बुने । 

Extreme Energy

रविविरुद्ध मुद्दा दर्ता गर्न तत्कालीन सरकारले सिंगो राज्य संयन्त्रको दुरुपयोग गरेको थियो । प्रहरीबाटै जाहेरी तयार पारिएको थियो, प्रहरीबाटै मुद्दा तयार पारिएको थियो । सहकारीमा बचत जम्मा गरेका पीडितको खोजी प्रहरीले नै गरेको थियो । पीडितलाई त केबल हस्ताक्षर गर्न मात्रै लगाएका थिए । 

चितवनको सहारा सहकारीका पीडित बचत फिर्ताको माग गर्दै थिए । उनीहरुलाई आफूले दुखजिलो गरेर जम्मा गरेको पैसा चाहिएको थियो । त्यही ‘सेन्टिमेन्ट’मा खेलेर कांग्रेस एमालेले ‘रविविरुद्ध मुद्दा हाले सबै पैसा पाइन्छ’ भनेर उक्साए । ती पीडितलाई के थाहा ? कांग्रेस एमालेको मक्सद पीडितलाई बचत फिर्ता गराउनु थिएन, केबल रविलाई फसाउनु थियो । त्यसैले त पुरक मुद्दा दर्ता गरिएको थियो । यो त चितवनको कुरा भयो । त्यस्तै हत्कण्डा रचिएको थियो– पोखरा, काठमाडौं, रुपन्देही र वीरगञ्जमा पनि ।

हामीले सुरुमै भनेका थियौं– यो कुनै मुद्दा होइन, यो त सरासर राजनीतिक प्रतिशोध हो, रविलाई राजनीतिमा आउने ढोका बन्द गर्ने खेल हो अनि सत्तालाई आफ्नो बिर्ता बनाइराख्ने चालबाजी मात्रै हो । हामीले जे भनेका थियौं, बिस्तारै प्रमाणित हुँदैछ, पुष्टि हुँदैछ, प्रतिशोधको पर्दा एकपछि अर्को गर्दै खुल्दैछ, अझै कतिपय पर्दा त खुल्न बाँकी नै छ, ती पनि खुल्नेछन् अनि आम जनतासामु कांग्रेस एमालेका नेता अझै उदांगो बन्नेछन् । मात्र पर्खिन सक्नुपर्छ, समयले सबै छर्लंग पारिदिन्छ । 

हामीले चितवनको कुरा गर्यौं । केही पहिले पोखरामा पनि यस्तै भएको थियो । रविविरुद्ध आफूले जाहेरी नै नदिएको र प्रहरीले जबरजस्ती आफूहरुको नाममा जाहेरी तयार गरिदिएको पीडितहरुले नै बताएका थिए । घटना त यस्तोसम्म भएको थियो कि– जसले रविविरुद्ध मुद्दा दायर गरेका थिए, ती व्यक्ति नै सहकारी ठगीका आरोपी थिए । 

पोखराको सूर्यदर्शन सहकारीका ‘पीडित’ भनिएका कृष्णप्रसाद जैसी २०८२ चैतमा पक्राउ परे । जैसी पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी आरोपमा पक्राउ परेका थिए । 

सहकारी रजिस्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पेस गरेको धनुष सहकारीको बचत रकम हिनामिना सम्बन्धी छानबिन प्रतिवेदनपछि उनी पक्राउ परे । धनुष सहकारीको ऋण उपसमितिमा बसेर कृष्णप्रसादले कृत्रिम खातामार्फत ८२ लाख रूपैयाँ हिनामिना गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । सहकारी ठगीमा पक्राउ परेका कृष्णप्रसादले पोखराकै सूर्यदर्शन सहकारीमा आफ्नो बचत रकम हिनामिना भएको भन्दै पीडितका तर्फबाट रास्वपा सभापति रवि लामिछाने, सहकारीका सञ्चालक जीबी राई  लगायतविरुद्ध जाहेरी दिएका थिए । 

यी त केही उदाहरण मात्रै हुन् । सतहमा देखिएका र खुलेका प्रमाण मात्रै हुन् ।
जहाँ जहाँ रविलाई जोड्न खोजिएको छ, ती सहकारीको रकम अपचलनका मुख्य आरोपी जीबी राई हुन् । जीबी आफैंले नै यो स्वीकार गरिसकेका छन् । जीबी राईले विभिन्न सहकारीको रकम अपचलन गरे । केही रकम ग्यालेक्सी टीभीमा ल्याए । रवि लामिछाने त टीभीका एक कर्मचारी मात्रै थिए । रविलाई टीभीमा ल्याउँदा जुन शेयर दिइएको थियो, त्यो शेयर टीभीबाट बाहिरिँदा उनले त्यहीँ छाडेर निस्केका थिए । एमडीका रुपमा टेलिभिजनको नेतृत्व गर्दा कार्यालय सञ्चालनका लागि जे भूमिका हुन्थ्यो, त्यो मात्रै उनले पूरा गरेका थिए । जीबीले कहाँबाट पैसा ल्याए– रविको चासोभित्रै पर्दैनथ्यो । टीभीमा रहँदा, टीभीको सम्पत्ति हिनामिना गरे कि गरेनन् भन्ने विषय मात्रै उनीसँग सम्बन्धित हुन्थ्यो । तर, मुद्दा यसरी सिर्जना गरियो कि, जीबीले जे जे गरे, त्यसको दोष रविमाथि थोपरियो । जीबी फरार भएको मौका छोपेर सबै आरोप रविमाथि लगाइयो । 

सामान्य मान्छेले कल्पना समेत गर्न नसक्ने दुःख, दण्ड र सजायको षड्यन्त्र रविमाथि रचियो । सोच्नुस् त– पाँच पाँच वटा अदालतमा एकसाथ मुद्दा, तीन तीन वटा कसुर । 
उनीहरुलाई लागेको थियो– रविमाथि सहकारी ठगीको कसुर प्रमाणित हुन सक्दैन । त्यसैले त संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप समेत थपियो । सजाय बढाउने अनि सार्वजनिक राजनीतिमा आउनै नदिने षड्यन्त्र रचियो । जो आफैंमा खुला छ, जसले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाइरह्यो, उसैमाथि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरियो । यसरी सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गर्नुको एउटै उद्धेश्य थियो– रविलाई संसद प्रवेशमा रोक्ने । हिजो सत्तामा पुग्न मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री पद किस्तीमा राखेर रविको ढोकामा पुगेकाहरुले नै जब आफ्नो स्वार्थमा रवि मिसिएनन्, त्यसपछि यो तानाबुना बुनेका थिए । 

रविलाई हिरासतमा राखियो । जिल्ला घुमाउँदै, अड्डासार गर्दै थुनियो । धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गरिरहँदा फेरि अदालतबाट अर्को आदेश गराएर जेलमा राखियो । जेलमा पनि यसरी राखियो कि– मानौं रवि यो देशका सबैभन्दा ठूला अपराधी हुन् । कैदीबन्दीले पाउनुपर्ने सामान्य सुविधाबाट समेत रविलाई बन्चित गरियो । 

तत्कालीन सरकारले जे जस्ता आरोप लगाए पनि, अदालतले जे जस्ता आदेश जारी गरे पनि, रविले सधैं भनिरहे– ‘अदालतले न्याय दिन्छ भन्नेमा विश्वस्त छु, यो देशमा न्याय मरेको छैन ।’ रविले अदालत र कानुनप्रति विश्वास व्यक्त गरिरहे । अदालतले दशी प्रमाण हेर्दै गयो । समय पनि फेरियो । अन्ततः रवि छुटे । रवि छुटेनन् मात्र, रवि अहिले देशकै ठूलो पार्टीको सभापति बनेका छन् । चुनावमा रवि र रास्वपाप्रति जनताले देखाएको आशा, भरोसा र विश्वास पछिल्लो चुनावमा झनै बढेर गयो । देशको राजनीति हेर्दा लाग्छ– हिजो जसले रविलाई राजनीतिको ढोका बन्द गर्न खोजेका थिए, जनताले उनीहरुलाई नै राजनीतिको ढोका बन्द गरिदिए । 

देशमा अहिले रास्वपा सरकार छ । सहकारीमन्त्री छिन्– प्रतिभा रावल । मन्त्री बनेकै दिनदेखि उनी सहकारीको समस्या समाधानमा सक्रिय छन् । सरकारले साना बचतकर्ताको रकम धमाधम फिर्ता गरिरहेको छ । सबै बचतकर्ताको रकम फिर्ता गराउने योजना बनाएको छ । मन्त्रालयमा रहँदा होस् वा जिल्ला भ्रमणमा, मन्त्री रावलले सहकारी पीडितहरुसँग बारम्बार छलफल गरिरहेकी छन् । जसरी हुन्छ– सहकारी पीडितलाई न्याय दिने र अपचलन गर्नेलाई कानुनको दायरामा ल्याउने उनको योजना छ ।

चितवनका पीडितले मन्त्री रावलकै सामुन्ने आफ्नो गुनासो र पीडा सुनाए । सँगै उनीहरुले सरकार र मन्त्रीप्रति आशा र विश्वास पनि व्यक्त गरे । सरकारले चाहँदा पीडितहरुको बचत फिर्ता हुँदो रहेछ भन्ने पुष्टि भइसकेको छ । यति मात्रै होइन, जो जसले सहकारीको बचत अपचलन गरे, उनीहरु पनि दबाबमा परेका छन् । सहकारीको रकम कुम्ल्याएर विदेश भागेकाहरु पनि अब उम्किन नसकिने भो भनेर सम्पर्कमा आउन थालेका छन् । गत साता मात्रै जीबी राईले लिखित र अडियो वक्तव्य जारी गरे । उनले स्पष्ट भने– सहकारीको रकम अपचलनमा रवि लामिछानेको कुनै दोष छैन, सम्पूर्ण जिम्मेवारी मेरो हो, म बचत फिर्ता गर्न तयार छु । 
जीबीले गरेको गल्तीको सजाय रविलाई दिलाउन खोज्नेहरुलाई पनि जीबीको त्यो वक्तव्यले झस्काएको छ । जीबी नेपाल फर्किए आफूहरुको षड्यन्त्र चकनाचुर हुने उनीहरुको बुझाइ छ । जीबी त एउटा पात्र हुन् । उनी जस्तै थुप्रै व्यक्ति सहकारीको रकम अपचलन गरेर भागेका छन् । त्यसरी भागेका सहकारीका सन्चालकलाई सरकारले विस्तारै सम्पर्कमा ल्याउँदै देशमा बोलाएर समस्या सुल्झाउने प्रयत्न गर्दैछ । 
रविले न्याय पाउँछन्, यसमा दुई मत छैन । रविसँगै सहकारी पीडितहरुले पनि न्याय पाउनुपर्छ । पीडितलाई न्याय दिलाउन सरकार प्रयत्नशील छ । सरकारले यो प्रयत्न जारी राख्नुपर्छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस...
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।
काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर लगाएतको उपस्थीति हुने महागरले जनाएको छ ।