नेभिगेशन
समाज

पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए । 

Extreme Energy

त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट रु एक अर्ब ८० करोड,  अलकत्रा (बिटुमिन) आयातबाट रु एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट रु ५० करोड राजस्व सङ्कलन भएको छ । 

कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य रु ७० अर्ब ५६ करोड रहेकामा रु ६९ अर्ब १३ करोड सङ्कलन भएको छ । चाडबाडलगायतका कारणले पनि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व सङ्कलनमा सफलता हासिल गरेको हो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
'अर्नब' चक्रवातको देशैभरी प्रभाव : गृहले जारी गर्‍यो ९ बुँदे सर्कुलर

'अर्नब' चक्रवातको देशैभरी प्रभाव : गृहले जारी गर्‍यो ९ बुँदे सर्कुलर

बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवातको प्रभावका कारण कार्तिक १२ गते (बिहीबार), कार्तिक १३ गते (शुक्रबार) र कार्तिक १४ गते (शनिबार) सबैजसो प्रदेश प्रभावित हुने पूर्वानुमान छ।
एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपुगेका छन् ।
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ ।
मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२ देखि १४ गतेस्म्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय र लोमन्थाङ गाउँपालिकाले अनुरोध गरेका छन् ।