नेभिगेशन
समाज

यस्तो छ आगामी पाँच दिनको मौसम, कहाँ कहाँ छ धेरै जोखिम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान ८ बजे सार्वजनिक गरिएको बुलेटिनअनुसार बिहीबारदेखि देशमा बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' को पनि प्रभाव रहनेछ । 

Extreme Energy

आजको मौसम
दिउँसोः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम् प्रदेशमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का सम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा हल्का सम्मको वर्षाको सम्भावना छ।

रातिः देशभर साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।

कार्तिक १२ गते (बिहीबार)
दिउँसोः कोशी, मधेश, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछु । कोशी र बागमती प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा बाँकी हिमली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा / हिमपातको सम्भावना रहको छ । कोशी, मधेश, बागमती प्रदेशको थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

रातिः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा अधिकांश बादल लाग्ने छ तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कार्तिक १३ गते (शुक्रबार)
दिउँसोः देशभ्र अधिकांश बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षा/हिमपातको पनि सम्भावना रहेको छ ।

रातिः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा अधिकांश बादल लाग्ने छू तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्नेछ । देशका अधिकांश स्थान मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम थोरै स्थानमा भारी वर्षा/हिमपात् सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षा / हिमपातको पनि सम्भावना रहेको छ ।

कार्तिक १४ गते (शनिबार)
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा अधिकांश बादल लाग्ने छ तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी प्रदेशको एक-दुई स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ । कोशी, मधेश बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षा/हिमपातको पनि सम्भावना रहेको छ ।

कार्तिक १५ गते (आइतबार)
देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का सम्मको वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु / कुहिरो लाग्नेछ ।

कहाँ कहाँ जोखिम ? 

कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा / हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा / हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेकोले धानबाली भित्र्याउने लगायतका कृषि कार्य बिहीबार अगाडी नै गर्न हुन, तथा उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधि तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउन तथा पर्यटकहरू उच्च हिमाली भू-भागमा नजानु हुन, गएको भएपनि उक्त अबधिमा सुरक्षित ठाउँमा रहन महाशाखाले अनुरोध गरेको छ। 

यस बाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्व तयारी गर्नु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध  गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।
अब जुनसुकै जिल्लाको नागरिकता प्रतिलिपि काठमाडौँ उपत्यकाका सिडिओ कार्यालयबाट पाइने

अब जुनसुकै जिल्लाको नागरिकता प्रतिलिपि काठमाडौँ उपत्यकाका सिडिओ कार्यालयबाट पाइने

सरकारले उपत्यका बाहिरका जिल्लाका नागरिकले काठमाडौँ उपत्यकामै नागरिकता प्रतिलिपि लिन पाउने व्यवस्था गरेको छ ।
हुम्ला पुगे हर्क साम्पाङ, गरे यस्तो प्रतिबद्धता

हुम्ला पुगे हर्क साम्पाङ, गरे यस्तो प्रतिबद्धता

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन् ।
पार्टीको सदस्यता लिने सार्वजनिक संस्थाको कर्मचारीलाई रास्वपाले गर्‍यो कारवाही सिफारिस

पार्टीको सदस्यता लिने सार्वजनिक संस्थाको कर्मचारीलाई रास्वपाले गर्‍यो कारवाही सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिने कर्मचारीलाई कारवाही सिफारिस गरेको छ ।

भर्खरै