नेभिगेशन
समाज

४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४१० आरोहीलाई अनुमति, करिब ३२ करोड रोयल्टी सङ्कलन

काठमाडौँ । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन् । शरद् ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि एक हजार ६९ पुरुष र ३४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु ३१ करोड ८० लाख ५० हजार ७७८ रोयल्टी सङ्कलन गरेको छ ।

Extreme Energy

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) का रहेका छन् । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन् । जसमा ३७३ पुरुष र १२७ महिला रहेका छन् । उनीहरूबाट विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ ।

धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरुबाट विभागले रु ८४ लाख ७३ हजार ६५० रोयल्टी सङ्कलन गरेको छ । यस्तै, मकालु हिमाल आरोहणका लागि एउटा टोलीका तीन जनाले अनुमति लिएका छन् । उनीहरुबाट विभागले रु छ लाख ८८ हजार ५० राजस्व सङ्कलन गरेको शाखा अधिकृत रेग्मीले बताए ।

यसैगरी, हिम्लुङ हिमालका लागि १२ टोलीका १२१ आरोहीले अनुमति लिएका छन् । उनीहरुबाट विभागले रु ७४ लाख २७ हजार ७२० रोयल्टी सङ्कलन गरेको छ । यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३८६ जनाले आरोहण अनुमति लिएका छन् । उहाँहरुबाट विभागले रु पाँच करोड ७६ लाख ९९ हजार ६५० राजस्व सङ्कलन गरिएको छ ।

शाखा अधिकृत रेग्मीका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक ९धाम्पुस०, पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको छ । 

आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १४१ जना रहेका छन् । यसबाहेक रुसका १०८, फ्रान्सका १३०, अमेरिकाका ११९, बेलायतका ९६, पोल्याण्डका ४१, नेपालका ३३, स्विट्जरल्याण्डका ४७, स्पेनका ३१, भारतका ४०, इटलीका ४७ र जापानका ३५ जनाले आरोहण अनुमति लिएका शाखा अधिकृत रेग्मीले बताए ।  

विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट २० लाख ८९ हजार ५८४ अमेरिकी डलर अर्थात् रु ३१ करोड ८० लाख ५० हजार रोयल्टी सङ्कलन गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
जलवायु विपद् पूर्वतयारीका लागि यूएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालले राख्यो तीन प्रस्ताव

जलवायु विपद् पूर्वतयारीका लागि यूएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालले राख्यो तीन प्रस्ताव

नेपालले जलवायु विपद् पूर्वतयारीका लागि 'एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन'मा तीनवटा प्रस्ताव राखेको छ ।
सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक, यस्ता छन् एजेन्डा

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक, यस्ता छन् एजेन्डा

उक्त बैठकमा दुवै देशका सीमा सुरक्षा निकायलगायत प्रतिनिधिको सहभागिता रहेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् । बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय,...
बहुमत सदस्यले खोले एन्फाको ताला, १३ गते कार्यसमितिको बैठक बस्ने

बहुमत सदस्यले खोले एन्फाको ताला, १३ गते कार्यसमितिको बैठक बस्ने

एन्फामाथि लागेको प्रतिबन्ध र नेपालमा फुटबल क्षेत्रमा भइरहेको विवादको निकास दिनुपर्ने आवश्यकता रहेकाले फिफाबाट भएको प्रतिबन्ध, सरकारसँगको सहकार्य, र तहगत निर्वाचनको अवरोधलाई कसरी हटाउने भन्ने विषयमा छलफल गर्ने...

भर्खरै