नेभिगेशन
समाज

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

कम्प्युटर प्रणालीमा खराबी आएपछि नियन्त्रण केन्द्रले दिएको आदेशमाथि अनुसन्धान

काठमाडौं । स्पेनको मध्यभागमा बुधबार भएको दुई तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८० जना घाइते भएका छन्। तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, बीबीसी र स्पेनका सञ्चारमाध्यमका अनुसार राजधानी मड्रिडबाट सेभिलतर्फ जाने उच्च गतिको रेलमार्गमा दुर्घटना भएको हो। स्पेनको सरकारी रेल कम्पनी रेन्फेको तीव्र गतिको रेलले लिकमा रोकिएर रहेको निजी कम्पनी इर्योको रेललाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि रेलका डिब्बा लिकबाट खसेर रेलमार्ग छेउको भिरालो भागमा पुगेका थिए।

Extreme Energy

स्थानीय समयअनुसार बुधबार बिहान करिब ८ः५३ बजे टोलेदो प्रान्तको उर्दा आसपास, मोरा र ओर्गाज नगरनजिक दुर्घटना भएको थियो। यो क्षेत्र मड्रिडबाट करिब १४० देखि १५० किलोमिटर दक्षिणमा पर्छ। उद्धारकर्मीले दुर्घटनास्थलबाट यात्रुको उद्धार गर्नुका साथै भग्नावशेषमा फसेकाहरूको खोजी गरेका थिए। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्।

कम्प्युटर प्रणालीमा खराबी, नियन्त्रण केन्द्रको आदेशमाथि प्रश्न

स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार रेलमार्गमा प्रयोग हुने स्वचालित सुरक्षा प्रणालीमा कम्प्युटरसम्बन्धी खराबी आएपछि करिब ६३ देखि ६९ किलोमिटर क्षेत्रका रेलहरू स्वतः रोकिएका थिए। त्यसपछि मड्रिडस्थित नियन्त्रण केन्द्रले रेल सञ्चालन व्यवस्थापनको जिम्मेवारी लिएको थियो।

मन्त्रीका अनुसार नियन्त्रण केन्द्रले रेन्फेको रेललाई पुनः सामान्य गतिमा चल्न अनुमति दिएको थियो। तर, केही अगाडि इर्योको रेल रोकिएकै अवस्थामा थियो। पुनः सञ्चालनको अनुमति पाएपछि करिब २५ किलोमिटर यात्रा गरेको रेन्फेको रेल रोकिएको रेलसँग ठोक्किएको प्रारम्भिक विवरण छ।

सुरक्षा प्रणालीमा समस्या आएपछि रेललाई सावधानीपूर्वक, कम गतिमा चलाउनुपर्ने प्रक्रियाको पालना भए–नभएको विषयमा अनुसन्धान भइरहेको छ। मन्त्री पुएन्तेले नियन्त्रण केन्द्रबाट दिइएको आदेशलाई ‘अस्पष्ट र अकल्पनीय’ भन्दै त्यसबारे छानबिन भइरहेको बताएका छन्। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे अन्तिम निष्कर्ष आइसकेको छैन।

झ्याल फुटाएर बाहिर निस्किए यात्रु

दुर्घटनामा बाँच्न सफल यात्रुहरूले ठक्कर अत्यन्त शक्तिशाली रहेको बताएका छन्। केही यात्रु ठक्करका क्रममा उछिट्टिएका थिए भने केही रेलका डिब्बाभित्र भग्नावशेषमा फसेका थिए। बाहिर निस्कन केही यात्रुले झ्याल फुटाउनुपरेको स्पेनका सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनास्थलमा एम्बुलेन्स, उद्धारकर्मी र अन्य आपत्कालीन टोली परिचालन गरिएको थियो। घाइतेलाई नजिकका अस्पतालमा पुर्‍याइएको छ। मृतकको पहिचान तथा भग्नावशेषमा रहेका सम्भावित पीडितको खोजी कार्य पनि जारी छ।

स्पेनमा यस वर्ष दोस्रो ठूलो रेल दुर्घटना

यो दुर्घटना स्पेनमा सन् २०१३ पछि भएको सबैभन्दा घातक रेल दुर्घटना बनेको छ। सन् २०१३ मा सान्टियागो दे कम्पोस्टेला नजिक भएको रेल दुर्घटनामा ८० जनाको मृत्यु भएको थियो।

यसै वर्ष जनवरीमा कोर्डोबा प्रान्तको अदामुज क्षेत्रमा भएको अर्को रेल दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो। एकै वर्ष दुई ठूला रेल दुर्घटना भएपछि स्पेनको रेल सुरक्षा प्रणाली र सञ्चालन व्यवस्थापनमाथि प्रश्न उठेको छ।

प्रधानमन्त्री पेद्रो सान्चेजले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवार र घाइतेप्रति समवेदना जनाएका छन्। दुर्घटनापछि स्पेनमा बिहीबारदेखि तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ। दुर्घटनाका कारण मड्रिड, सिउदाद रियल र अन्डालुसिया जोड्ने रेल सेवा पनि प्रभावित भएको छ।

स्रोत: बीबीसी, रोयटर्स, युरोन्युज तथा स्पेनका सञ्चारमाध्यम।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, यी हुनेछन् सहभागी

एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, यी हुनेछन् सहभागी

नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव आज (बिहीबार) देखि नेपालमा पर्ने भएको छ।
अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...